काठमाडौँ, आज जेठ १५ गते अर्थात गणतन्त्र दिवस । मुलुकमा जारी १ सय ४० बर्षे शाहबंशीय शासनको अन्त गर्दै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश भएको दिन । बुधबार मुलुकमा १२ औं गणतन्त्र दिवस मनाइरहंदा आमजनताले जुन उदेश्य र आशाका साथ गणतन्त्रको लागि योगदान दिएका थिए त्यो भने अनुभुति गर्न पाएका छैनन ।
बुधबार मुलुकभर १२ औं गणतन्त्र दिवस मनाइरदां आम जनतामा गणतन्त्रले हामीलाई के दियो ? भन्ने प्रश्न उब्जीरहेकै छ । हरेक बर्षझै सरकारले यो बर्ष पनि कर्मकाण्डी ढंगबाट १२ औं गणतन्त्र दिवस मनाए । सरकारले काठमाडौंको टुडिखेलमा एक कार्यक्रमको आयोजना गरे । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधिस, संविधान सभाका सभामुख, मन्त्रीहरु, सरकारका उच्चपदस्थ व्यत्तिहरु, विभिन्न कुटनितिक नियोगका प्रतिनिधिहरु सहभागी भए । हरेका बर्ष झै नेपाली सेनाले हेलिकप्टरबाट पुष्पबृक्ष गर्दै,शान्तिको प्रतिक परेवा उडाएर गणतन्त्र दिवस मनाए ।
कार्यक्रममा नेपाली सेना,शसस्त्र प्रहरी बल,नेपाल प्रहरीले आ–आफ्नो कलाकौशल तथा सांस्कृतिक कार्यक्रमहरु पनि देखाए ,भने कार्यक्रममा विभिन्न जातजातिका समुदायहरुको आफ्नो भेषभुषासहित नृत्य प्रस्तुत समेत गरे । राष्ट्रपति,प्रधानमन्त्री लगायतका अतिथिहरुले कार्यक्रमको अवलोकन गरे ।
गणतन्त्र दिवस मुल आयोजक समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ऐतिहासिक सन्दर्भको चर्चा गर्दै गणतन्त्रको परिभाषा दिए । प्रधानमन्त्रीले गणतन्त्रलाई जनताकै अभिमतमा आधारित भएर शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणाली नै गणतन्त्र हो । पछिल्लो समय संविधानले नै व्यवस्था गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारजस्ता विषयहरुमा भने कुनै कुरा उल्लेख गरेनन ।
उही सधैकै भाषणमा झै देशको विकास र आर्थिक समृद्धिमा आफु नेतृत्वको सरकार लागि परेको दावी गरे । उनले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभएर समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो । जसले जनताको अनुहार मलीन हुने विवशता अन्त्य गर्ने संकल्प लिएको बताए ।सरकारले हरेक बर्ष यसरी कर्मकाण्डी ढंगबाट गणतन्त्र मनाइरहदां आम नेपाली जनतामा भने गणतन्त्रप्रति नै निराशा छाउदै गइरहेको छ ।
मुलुकमा त्यतीठुलो जनाआन्दोलनबाट प्राप्त हकअधिकारलाई संस्थागत गर्नुको साटो सरकार तथा राजनितिक दल आ–आफ्नो स्थार्थसिद्धमै अल्झिरहनुले सांच्चै लोकतन्त्र,गणतन्त्र जस्तो विश्वको उच्चतम शासन प्रणालीमाथि नै गंम्भिर प्रश्न उठ्नु दुभाग्यपुर्ण हो । त्यसैले गणतन्त्र कागज र बोलीमात्रै होइन व्यावहारमा लागु भए मात्र त्यसको औचित्य हुनेछ ।








