असार २,२०८३ / ०९ : ३९ अपरान्ह / 2026-06-16 09:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी झन शक्तिशाली बनेर उदाए

      - ७ वर्ष अगाडि
      जेष्ठ १०,२०७६

      नयाँ दिल्ली, भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपा (भारतीय जनता पार्टी) ले दर्बिलो बहुमत प्राप्त गरेका छन् । 

      भाजपाले शुक्रबार बिहान ६ बजेसम्म २८९ सिटमा जितिसकेको छ । १४ सिटमा अग्रता लिएको छ । विपक्षी कंग्रेस आईका उम्मेदले ५० सिटमा जित हासिल गरेका छ र एक सीटमा अग्रता बनाएको छ । २०१४ को लोकसभा चुनावमा ४४ सीट जितेको कंग्रेस आइले केही सीट बढाउनबाहेक कुनै प्रभाव देखाउन सकेन । 

      सात चरणमा करिब डेढ महिनामा सम्पन्न भारतको लोकसभा चुनावको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । बहुमतका लागि २ सय ७२ सिट चाहिनेमा भाजपा एक्लैले आवश्यकभन्दा  १७ सीटमा बढीमा जित हात पारिसकेको छ । 

      भाजपा नेतृत्वको एनडीए (नेसनल डेमोक्रेटिक एलायन्स)  जित र मतगणनामा लिएको अग्रताका आधारमा करिब ३५० सीट जित्ने सम्भावना देखिएको छ । उता कांग्रेस नेतृत्वको यूपीए (युनाइटेड प्रोग्रेसिभ एलायन्स) ले करिब ९५ सिट जित्ने अनुमान छ । यसपटक पनि कांग्रेसले प्रतिपक्षी दलको मान्यता पाउन कुल सिटको १० प्रतिशत अर्थात् ५५ सिट नजित्ने देखियो । 

      जिजुबाजे जवाहरलाल नेहरुका पालादेखि कांग्रेसले जित्दै आएको उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रमा कांग्रेस अध्यक्ष राहुल गान्धी पराजित भएका छन् । पराजय स्विकार्दै उनले भाजपाकी स्मृति इरानीलाई बधाई दिएका छन् ।

      यसैगरी बिहारको बेगुसरायबाट भारतीय कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका जवाहरलाल नेहरु विश्वविद्यालयका चर्चित छात्र नेता कन्हैया कुमार पनि भाजपाका गिरिराज किशोरसँग पराजित भएका छन्  । अन्नपूर्णपोष्ट बाट

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d