असार २,२०८३ / ०९ : ३६ अपरान्ह / 2026-06-16 09:36 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आज प्रधानमन्त्रीको तर्फबाट राष्ट्रिय सभामा विधेयक पेश हुने

      - ७ वर्ष अगाडि
      जेष्ठ ५,२०७६

      काठमाडौं, संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउसो एक बजेपछि बैठक बस्ने तय भएको छ ।

      बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट तीन तहको सरकारको अन्तरसम्वन्ध व्यवस्थापन सम्वन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आजै विभिन्न संसदीय समितिहरुको बैठक पनि बोलाइएको छ । 

      प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति र विकास तथा प्रविधि समितिको बैठक बोेलाइएको छ । दुवै समितिको बैठक विहान ११ बजेपछि सिंहदरबारमा छुट्टा छुट्टै बस्नेगरी तय भएको सचिवालयले जनाएको छ ।

      शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा समितिको बार्षिक प्रतिवेदन र विकास तथा प्रविधि समितिको बैठकमा सहरी विकास मन्त्रालयको बजेटका बारेमा छलफल हुने भएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d