असार २,२०८३ / ०९ : ३७ अपरान्ह / 2026-06-16 09:37 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजाको पालामा जस्तै राष्ट्रपतिलाई मेरो सरकार भन्न लगाइएपछि सर्वत्र विरोध

      - ७ वर्ष अगाडि
      वैशाख २१,२०७६

      काठमाडौ, शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा केही अनौठा र रोचक प्रसंग देखियो । नीति तथा कार्यक्रम बाचन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक पटक मेरो सरकार भनेर उच्चारण गर्नुभयो । यसअघि राष्ट्रपतिले मेरो सरकार भन्ने चलन थिएन ।

      सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटकपटक मेरो सरकारले भन्ने शब्दावली प्रस्तुत गरिन् । गणतन्त्र स्थापनायता संसदमा यस्तो पदावली सनिएको थिएन । यसअघिका नीति तथा कार्यक्रममा पनि राष्ट्रपति भण्डारीले यस्तो शब्द प्रयोग गरेको पाइएको थिएन ।

       राष्ट्रपति भण्डारीले प्रस्ततु गरेको नीति तथा कार्यक्रम सरकारको हो । मन्त्रिपरिषद्बाट पारित गरेर त्यो संसदमा प्रस्तुत भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनमै सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति समक्ष पेश गर्नुभएको थियो । राष्ट्रपतिबाट त्यो बाचनमात्र भएको हो । 

      राष्ट्रपतिले मेरो सरकार भनेको विषय विवादमा परेको छ । सत्तारुढ दलकै नेतालेसमेत यसको विरोध गरेका छन् ।  यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि कडा आपत्ति जनाएको छ । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संघीय संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै सांसद गगन थापाले यो सरकार जनताको हो कि राष्ट्रपतिको हो भनेर प्रश्न गरे ।

      सरकारको नीति तथा कार्यक्रममा १३ ठाउँमा राष्ट्रपतिबाट मेरो सरकारले भन्ने शब्द प्रयोग गरिएको थियो । नेपालको संसदीय इतिहासमा यो शब्द नौलो भने होइन । राजसंस्था रहेका बखत राजाले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्थे । त्यतिबेला नेपाल सरकारलाई श्री ५ को सरकार भनिन्थ्यो । त्यही कारण राजाले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भनेर उल्लेख गरिने गरिएको थियो । 

      संसद सचिवालयले यसपटक राष्ट्रपतिको सिटको आसन पनि परिवर्तन गरेको छ । अघिल्लो वर्ष राष्ट्रपतिलाई सबैभन्दा देब्रेतर्फ राखेर सभामुखलाई बीचमा र राष्ट्रियसभा अध्यक्षलाई दाहिनेतर्फ राखिएको थियो । तर यसपटक राष्ट्रपतिलाई बीचमा राखिएको छ । अचम्म त संसदभित्र मुलुकका दुइवटा राष्ट्रिय झण्डा राखियो । एउटा झण्डा राष्ट्रपति र अर्को सभामुखको पछाडिपट्टी राखिएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d