असार २,२०८३ / ०९ : ३६ अपरान्ह / 2026-06-16 09:36 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्रीको अभिव्यक्तीप्रति कांग्रेसको कडा आपत्ती, मुख सम्हालेर बोल्न आग्रह

      - ७ वर्ष अगाडि
      वैशाख ४,२०७६

      काठमाडौ, संसदीय व्यवस्थामा एकले अर्कोलाई स्वीकार गर्दै मुलुकको सम्बृद्धिको लागि सकरात्मक भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर नेपालको परिवेशमा भने यो लागु हुन सकीरहेको छैन । नेपाली राजनीतिक दलहरुले एकले अर्कोको अस्तित्व स्वीकार गर्न सकेका छैनन् । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको वाकयुद्धले निरन्तरता पाइरहेको छ ।

      यतिबेला मुलुकमा नेकपा नेतृत्वको दुइतिहाइ बहुमतको शक्तिशाली सरकार छ ।  अर्को तिर प्रतिपक्षी दलको भुमिकामा आफुलाई लोकतन्त्रको मियो मान्ने नेपाली कांग्रेस । तर एकले अर्कोलाई स्वीकार गर्न नसक्दा मुलुकमा सम्बृद्ध तर्फ होइन,दुगर्तीतर्फ लागीरहेको छ । विगतमा संगै सत्तामा हातोमालो गरेका दलहरु अहिले एकले अर्कोलाई निस्तेजको राजनिति गरीरहेका छन ।

       जसले सरकारको मात्रै होइन प्रतिपक्षी दलको समेत आलोचना बढ्न थालेको छ । पछिल्ले समय सत्ता पक्ष दलका नेता र प्रतिपक्षी दलका नेताहरुविच दैनिक जसो दोहोरिनै चल्ने गरेको छ । सत्ता पक्षका नेताहरुले प्रतिपक्षीको खेदो खन्ने र प्रतिपक्षी दलका नेताहरुले सत्ता पक्षको खेदो खन्ने प्रवृद्धिले मुलुकको राजनिति प्रति जनताको वितृष्ण बढाएको छ । 

      पछिल्लो उदाहरणको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार २०७५ सालमा आफ्नो सरकारको समिक्षा गर्न आयोजित सम्बोधनमा प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति खरो रुपमा प्रस्तुत भए । कांग्रेसलाई नन्दी भृंगीसम्म भन्न भ्याए । 

      प्रधानमन्त्रीको सम्बोधनपछि कांग्रेस पनि चुप लागेर बस्न सकेन । भोलीपल्टै कांग्रेसले जवाफ फर्कायो । २०७५ सालभरी सरकार असफल  भएको ठहर गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई शब्दशब्दमा जवाफ दियो । नन्दी भृंगी भनेको विषयमा आपत्ती पनि प्रकट गर्यो । 

      कांग्रेस प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिमा संस्कार शून्य भएको भन्दै संस्कारी बन्न सुझाब दिए । सरकारको मात्रै नेतृत्व नगरी जनतालाई संस्कारसमेत सिकाउन सक्नुपर्ने शर्माको तर्क छ । 

      कांग्रेसले २०७५ सालको असफलताबाट पाठ सिकेर वर्ष २०७६ सालमा जिम्मेवार अभिव्यक्ति र जिम्मेवार व्यवहार प्रदर्शन गर्न समेत प्रधानमन्त्री ओलीलाई आग्रह गरेकाृ छ । तर कांग्रेसको आग्रह र सुझाबलाई मनन गर्ने क्षमता प्रधानमन्त्रीमा देखिदैन । यता प्रतिपक्षको नाममा आलोचना मात्रै गरेर वाकयुद्धलाई लम्ब्याउने कांग्रेसको नीतिमा पनि पूर्णविराम लाग्नु जरुरी देखिन्छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d