असार २,२०८३ / ०९ : ३७ अपरान्ह / 2026-06-16 09:37 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कर्णाली प्रदेशमा विधेयक पारित

      - ७ वर्ष अगाडि
      चैत ५,२०७५

      सुर्खेत, कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको छैटौँ बैठकले ‘कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ पारित भएको छ । 

      ‘कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का सम्बन्धमा विधायन तथा प्रदेश मामिला समितिको संशोधन गर्ने निर्णय र प्रस्तुत प्रतिवेदन समितिका अध्यक्ष पदमबहादुर रोकायाले सभामा पेश गर्नुभएको थियो । 

      विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले उठाएका जिज्ञासाको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका तर्फबाट सामाजिक विकासमन्त्री दल रावलले जवाफ दिएपछि सभाबाट सर्वसहमतिले विधेयक पारित गरिएको थियो । 

      त्यसैगरी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णाली प्रदेशको ‘खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभामा टेबुल गर्नुभयो । प्रदेशसभाको सातौँ बैठक आगामी चैत १५ दिउँसो १ बजे हुने सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d