असार २,२०८३ / ०९ : ४० अपरान्ह / 2026-06-16 09:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कांग्रेसको केन्द्रिय समितीमा किचलो, नेताहरुविच मत बाझिएपछि थप अन्योल

      - ७ वर्ष अगाडि
      माघ २८,२०७५

      काठमाण्डौ,प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको केन्द्रिय समितीमा अहिले नेताहरुविच तिव्र मतभेद देखिएको छ । स्वत प्रतिनिधि बन्ने प्रावधान राख्ने वा वडातहबाटै केन्द्रिय नेताहरु निर्वाचित भएर आउने भन्नेमा केन्द्रिय नेताहरुविच मत बाझिएपछि कांग्रेसभित्र अहिले थप अन्योल बढेको छ ।

      महासमिती बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले यी दुवै माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । भने महासमिति बैठकले परिमार्जनसहित विधान जारी गर्ने गरी केन्द्रीय कार्यसमितिलाई अधिकार दियो ।तर यही विषयमा नेतृत्त्व आफ्नो प्रतिवद्धताबाट पछि हट्न खोजेको भन्दै जारी केन्द्रीय समिति बैठकमा नेताहरुविच तिव्र मतभेद देखिएको हो । अहिले यही विवादका कारण जारी केन्द्रिय समिती बैठक थप अन्योलमा परेको छ । नेताहरु अहिले यो विषय नै नभएको भन्दै केन्द्रिय समितीको बैठक यसरी फस्नुमा नेतृत्वको कमजोरी भएको बताउन थालेका छन । 

      ४ पटक सम्म बैठक बसीसक्दा समेत पार्टी नेतृत्व निर्णयमा पुग्न सकेको छैन । अहिले पनि नेताहरु उही आ आफ्नो धारण राख्ने बाहेको केही प्रगती भएको छैन । कतिपय केन्द्रीय सदस्यलाई तलबाटै चुनाव हारिने हो कि भन्ने डरले पनि  सभापति देउवालाई भेटेर आफूहरूको राजनीति सिध्याउनकै लागि यस्तो दबाब आएको भन्दै उक्त प्रावधान नहटाउन दवाव दिदै आएका छन । भने सभापति देउवा पनि आगाम ि१४ औं महाधिवेशनमा आफु के कसरी बलियो हुने भन्ने दाउमा छन । तर पार्टीका धेरै नेताहरु पार्टाीको केन्द्रिय सदस्य वडा तहबाटै निर्वाचन लडेर आउदां नेता र कार्यकर्ताविचको सम्बन्ध सुमधुर रहने र पार्टी पनि मजबुद हुने पक्षमा देखिएका छन । 

      ८५ सदस्यीय कार्यसमितिमा बहुमत सदस्य स्वत प्रतिनिधिको प्रावधान हटाएर निर्वाचनको पक्षमा उभिएका छन ।भने केहीले निर्वाचनले पार्टी र नेताहरुलाई कमजोर बनाउने  भन्दै प्रवधान हटाउन नहुने पक्षमा छन । तर विधान संशोधनका लागि सुझाव संकलन गर्ने बेलामै ७७ जिल्ला र सातै प्रदेशबाट स्वत प्रतिनिधिको प्रावधान हटाउन सुझाव आएको थियो । भने यो प्रावधान हटाउन र समानुपातिक तथा समावेशी सिट दोर्होयाउन नहुने व्यवस्था विधानमा राख्न ५० भन्दा बढी जिल्ला सभापतिहरुले हस्ताक्षर समेत बुझाएका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d