असार २,२०८३ / ०८ : १७ अपरान्ह / 2026-06-16 08:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले गरे सरकारको कामप्रति असन्तुष्ट

      - ७ वर्ष अगाडि
      माघ २५,२०७५

      काठमाडौ, प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले विभिन्न विषयको उठान गरेका छन् । सरकारको कामप्रति अधिकांश सांसद असन्तुष्ट देखिएका छन् । कतिपय सांसदले त मन्त्रालय खारेजीसम्मको माग गरेका छन् । सत्तारुढ दलकै सांसदहरुलेसमेत विभिन्न विषयमा सरकारप्रति असन्तुष्टी व्यक्त गरे।

      संसद बैठकमा बोल्ने सांसदहरुले प्राय देशमा भएका बेथिती र जनताले पाएका दुःख कष्टका बारेमा नै कुरा उठाउने गर्दछन् । शुक्रबारको बैठकमा पनि सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेशकुमार भट्टराईले बेलायत सरकारले गोर्खा सैनिकमाथि गरेको विभेद अन्त्य गर्न तत्काल पहल गर्न सरकारसँग माग गर्नु भएको छ। सांसद भट्टराईले ब्रिटिस सेनामा रहेका गोर्खा सैनिकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पहल गर्दै आएपनि त्यो पर्याप्त नभएको पनि स्मरण गराउनु भयो ।

      सांसद हृदयेश त्रिपाठीले कृषि तथा पशुपंक्षी मन्त्रालयले किसानको हितमा काम नगरेको भन्दै खारेजीको माग गर्नुभएको छ । सासद त्रिपाठीले किसानको पक्षमा नभई विचौलियाको पक्षमा मन्त्रालयले काम गर्दै आएको दाबी गर्दै खारेजीको माग गर्नुभएको हो । 

       त्यसैगरी विशेष समयमा बोल्दै सांसद डिला संग्रौला पन्तले मुलुकको अर्थतन्त्र गिर्दो अवस्थामा लाग्दा पनि राज्यको त्यसतर्फ ध्यान नपुगेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले लोकतान्त्रिक मुल्यमान्यतालाई उलंघन गर्दै संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा आयोगका अध्यक्षहरु नियुक्त गरिएको भन्दै अधिनायक शैलीले प्रतिपक्षीलाई पेलेर जाने सोच अनुसार सरकार अघि बढेको हो ?भनी प्रश्न गर्नुभयो । 

      सांसद राजेन्द्र लिङ्देनले झापा जिल्लामा विगतका सरकारले सुरु गरेका बहुबर्षिय योजना पनि रोक्ने काम भएको भन्दै उहाँले ती कार्यक्रमलाई तत्काल सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

      सांसद भिमसेनदास प्रधानले भेनेजुयला प्रकरणमा जारी विज्ञप्तीलाई लिएर नेकपाका दुई अध्यक्षका पछिल्ला अभिव्यक्ति आपसमा विवादास्पत भएको भन्दै आधिकारीक वक्तव्य प्रधानमन्त्री केपी शर्मा ओलीको हो कि अर्का अध्यक्ष पुष्पकमल दाहाललको भन्ने बारे सदनलाई जानकारी गराउन आग्रह गर्नुभयो । 

      सांसद गणेश कुमार पहाडीले सडक दुर्घटना बढ्दै गएको भन्दै सडक सुरक्षालाई राज्यको प्रमुख दायित्व र चासोको रुपमा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो । आज शुन्य समयमा बोल्ने  सांसहरुले आ आफ्नो क्षेत्रगत समस्यामा सरकारको ध्यानाकर्षण गराएका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d