असार २,२०८३ / ०८ : १३ अपरान्ह / 2026-06-16 08:13 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रवासी नेपाली एकता मन्च दक्षिण कोरीया कार्यदलको प्रस्तावित कमिटी सिफारीस

      - ७ वर्ष अगाडि
      माघ २४,२०७५

      सउल,दक्षिण कोरीया, नेपालका दुइ ठुला वाम पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण संगै तल्ला कमिटीहरुको एकताको चरण जारी रहदा, प्रवासी नेपाली एकता मन्च दक्षिण कोरीया कार्यदलले प्रस्तावित कमिटी सिफारीस गरिसकिएको सार्वजनिक जानकारि दिएको छ। 

      कोरियन पर्व सल्लालको विशेष अवसरमा राजधानि सउल स्थित तोंजेमुन शहरको एक सार्वजनिक हलवाट कोरियाका प्रतिष्ठित व्यापारी,समाजसेवी र उक्त पार्टीका अग्रजहरुको विशेष उपस्थितीमा सयौ पार्टि नेता कार्यकर्ताविच प्रस्तावित संयोजक पर्शुराम सापकोटाले औपचारिक रुपमा प्रस्तावित कमिटीको सार्वजनिकीकरण गर्नु भएको हो।

      कोरियामा आधिकारीक रुपमा प्रवासी नेपाली मन्च एमाले र प्रगतिशील नेपाली मन्च ९माके०का प्रवास कमिटीहरु क्रियाशील रहेका थिए । नेपाल कम्निस्ट पार्टी प्रवास एकता कमिटीको सर्कुलर वमोजिम रहेको कार्यदलले लामो वैचारिक र सागठनिक छलफल पश्चात उक्त कमिटी सिफारीस गरिएको प्रस्तावित संयोजकले जानकारी दिनुभयो। यो संगै दक्षिण कोरिया प्रवास कमिटी एउटै भएको छ ।

       घोसणा कार्यक्रममा प्रवासी नेपाली मन्चका संस्थापक अध्यक्ष मानध्वोजलामाले स्थापनाको समयको कठिनाइ र विभिन्न कालखण्डमा कोरियन सरकारसंग गरिएको सहकार्यको उर्जाशिल मनतव्य,एनआरएन एशिया प्यासाफिक सहसंयोजक एंम दुर्गा प्रालीका प्रोप्राइटर विनोद कुवरले अव उत्पादनशिल र गतिशिल अर्थतन्त्रको निर्माणमा क्रियाशील रहन विशेष  आग्रह गर्नु भयो  ।

      वरिस्ट समाजसेवी एंम स्टार रेमिट प्रालीका अध्यक्ष रुद्र शर्माले तपाइहामी वाध्यताको श्रमिक रहेको र अव यस्को अन्त्यको निमीत्त मजवुत एकता र त्यसको आधारमा रास्ट्रनिर्माणमा आर्थिक लगानी गर्न वातावरण कामवाटै हस्तक्षेप गर्नुपर्ने जस्को हस्तक्षेपसंगै राजनितीमा रहेको भ्रस्ट मानसिकता अन्त्यहुने र नेत्रित्वमा उर्जा़शिल पुस्ता स्थापित हुने वताउनु भयो।हलमा खचाखच उपस्थित नेता कार्यकर्ताहरुले लिखित तथा मौखिक रुपमा संगठन निर्माणवारे आफ्ना धारणाहरु व्यक्त गर्नु भएको थियो।

      उक्त कार्यक्रममा प्रवासी नेपाली मन्चमा आवद्ध विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहनुहुनेहरुको विदाइ पनि गरिएको थियो। पत्रकार महाशंघ दक्षिण कोरिया शाखाका निवर्तमान अध्यक्ष खेम कार्की र पुर्वान्चल सरोकार समाजका महासचिव राजु थापाको संगठनको तर्फवाट औपचारिक विदाइ गरिएको थियो।

      प्रस्तावित संयोजकवाट सार्वजनिक कमिटीको नामावली

      संयोजक - परशुराम सापकोटा ONF अध्यक्ष

      सचिव - दिलिप धिताल नेकपा माओबादि कोरिया संयोजक

      प्रवासि नेपालि मञ्च ONF को तर्फबाट सिफारिस हुनु हुने सदस्यहरु

      श्रमदीप चौलागाई

      सृजना नेपाली

      मीना थापा

      गुन राना मगर

      लाल साउद

      ठगेन्द्र प्र।न्यौपाने

      दिल कुमार श्रेष्ठ

      नेत्र चौधरी

      डम्बर साउद

      प्रेम विश्वकर्मा

      दिपेन्द्र अधिकारी

      टेक पुन

      आनन्द अधिकारी

      भीम गुरुङ

      जन प्रगतीशिल मञ्च  (PPF) तर्फ बाट 

      खगेन्द्र बुढा मगर 

      भोला पौडेल

      दिपक पुन 

      पुरुशोत्तम गौतम 

      प्रितम गुरुङ

      श्री प्रसाद श्रेष्ठ 

      चुडामणी अधिकारी

      इश्वर कठायत

      प्रदिप रावत ( किसानी )

      लक्ष्मण पाण्डे ( बैरागी )

      जीवन खतिवडा 

      राजु श्री ( झपड बिक )

      लाल काजी बस्नेत

      रवी सुवेदी

      ङ प्रसाद गौतम

      /pagegallery/2019020711.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d