असार २,२०८३ / ०८ : १६ अपरान्ह / 2026-06-16 08:16 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सांसद र मन्त्रीहरुबीच जुहारी, प्रश्नोत्तर कार्यक्रममा मन्त्रीहरुले प्रभावकारी जवाफ दिन सकेनन्

      - ७ वर्ष अगाडि
      माघ २३,२०७५

      काठमाडौ, संघिय संसदको आजभएको प्रतिनिधि सभाको बैठकमा सांसदहरु र मन्त्रीविच प्रश्न उत्तर भयो । बैठकमाविशेषगरी गृहमन्त्रीमाथि मुलुकको शान्ति सुरक्षाको विषयलाई लिएर धेरै प्रश्नआए । प्रतिपक्षी सांसदहरुले धेरै प्रश्न गरे भने सत्तापक्षका सांसदहरुले सरकार र मन्त्रीहरुको बचाउ गरेका थिए । 

      बुधबारको संसद बैठकमा सम्बन्धीत मन्त्रालयहरुका बारेमा आएको सांसदहरु प्रश्नको सम्बन्धीत मन्त्रीले जवाफ दिएका थिए । तर अधिकांस प्रश्नको उत्तर मन्त्रीहरुले तयारी जवाफ दिएका थिए । प्रश्नको कुनै पनि मन्त्रीले चित्तबुझ्दो जवाफ नआएपछि पटक–पटक सवालजवाफ गरेका थिए । 

      सांसदहरुले गृहमन्त्री थापा माथि निर्मलापन्त बलात्कार प्रकण देखि चर्चित ३३ किलो सुन काण्ड लगायत विभिन्न अपराधिक घटनाहरुमा भएको फितलो अनुसन्धान माथि प्रश्न उठाएका थिए । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरु डिला संग्रौला,गगनथापा,दिलेन्द्र प्रसाद बडु,मिनेन्द्र रिजाल लगायतले निर्मलापन्तको हत्याप्रकरणका बारे प्रश्न गरेका थिए ।

      सवालजवाफमा सभागाी गृहमन्त्रीथापाले सवै प्रश्नको उत्तर तयारी जवाफदिएकाथिए । पत्रहेर्दै जवाफदिएका गृहमन्त्रीथापाले सवै अपराधिक घटनाहरुको अनुसन्धान जारी रहेको र सरकार गम्भिर भएको तयारी जवाफदिएकाथिए । 

      प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले गृहमन्त्रीले प्रस्तुत गरेका मुलुकको शान्ति सुरक्षामा ९६ प्रतिशत सफलताहासिल गरेको भनिरहदां मुलुकमा घटेका त्यस्ता ठुला घटनाहरुमा अपराधीलामो समय वितिसक्दा समेत अपराधि पत्ता लाग्न गरेको प्रयासलाई पनित्याही ९६ प्रतिशत सफलतामा राखिएको हो ?भनी गरेको प्रश्नले गृहमन्त्री केहीबेर अकमकिए । र उहीतयारी जवाफदिएर आश्वश्तपार्न खोजेका थिए । 

      बैठकमा सत्तापक्षका सांसद महेश बस्नेतले निर्मला पन्तको हत्याप्रकरण मानव अधिकारकर्मी र संचारमाध्यमलाई गरिखाने र विपक्षीदललाई राजनिति गर्ने विषयभएको टिप्पणी गरे ।

      आजकै संसद बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत र अर्थमन्त्री डा. युवराज खतिवडासंग पनि सांसदहरुले सवालजवाफ गरेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d