नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् ।
आज नेकपा मकवानपुरद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका इश्वरले बताए ।
पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि थालिने उनको भनाइ थियो ।
उनले सामाजिक सुरक्षाभत्ताका सम्बन्धमा सरकारले पार्टीको घोषणापत्रअनुसार नै अघि बढ्ने धारणा राखे । “वृद्धभत्ता पाँच हजार पुग्छ”, उनले बताए ।
देश निर्माणको मिसनमा लागेको कार्यकर्ताले आफूलाई होइन विधिलाई केन्द्रमा राख्नुपर्ने उनको धारणा थियो ।








