काठमाडौ, संघीय संसद्को प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पहिलो पटक सांसदले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका छन् । सांसदहरुले पनि समयको सदुपयोग गर्दै विभिन्न १० जना संसादहरुले प्रधानमन्त्रीसँग सवाल जावाफ गरेका थिए । उनीहरुले स्वीस बैकमा नेपालीहरुले राखेको अवैध रकम, गोविन्द केसीको अनसन र माग सम्बोधनको प्रयास, संविधान संशोधन लगायतका विषयमा प्रधानमनत्रीसँग जवाफ मागेका थिए ।
शुक्रबार सम्पन्न संसदको प्रधानमन्त्री र सांसदबीचको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिनुभएको हो । बैठकको सुरुवातमा नेकपा सांसद खगराज अधिकारीले नेपालका विभिन्न धनाट्याहरुले विदेशमा लुकाएको धन बारे सरकारको धारण मागेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले सरकारले आवश्यक छानविन गर्ने प्रतिबद्धता जनाएका थिए ।
बैठकमा कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा खुलेका अस्पताल बन्द गराउने वा कमजोर बनाउने खेल भइरहेको हो कि होइन भनेर प्रश्न सोधेका थिए, जवाफमा प्रधानमन्त्री ओली ठट्यौउली पारामा यसरी जवाफ दिए ।
बैठकमा अहिले निकै चर्चाको विषय बनेको राष्ट्रिय चिकित्सा शिक्षा विदेयक र डा.गोविन्द केसीको बारेमा पनि चर्चा भयो । कांग्रेसकै सांसद गगन थापाले डा. गोविन्द केसीसँग भएको सम्झौताअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बन्छ कि बन्दैन भनेर प्रधानमन्त्रीलाई जवाफ मागे ।जवाफमा प्रधानमन्त्री ओली अलि कडारुपमा देखिए ।
संघिय संसद बैठकमा नेकपाका सांसद प्रभु शाह २०७४ सालको बाडीपहिरो तथा डुवानमा परेकाहरुको आवास निर्माणको कामको प्रगती विवरणबारे जवाफ मागेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले जनताआवास कार्यक्रम र विपत्तिबाट भएका क्षतिलाई ध्यान दिनुपर्छ र दिइरहेको भन्दै त्यसको समाधान गर्न सरकार तयार रहेको जवाफ दिए ।
त्यस्तै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडु,नेकपाका सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीको आगामी जनावरी २२ तारिखबाट स्वीजरल्याण्ड भ्रमणका कार्यक्रमहरु बारे प्रश्न राखेका थिए । भने अन्य सांसदहरुले द्धन्द्धकालको घटनाको तथा मधेस आन्दोलनका प्रतिवेदनको अनुसन्धान, संविधान संसोधनको विषय, प्रधानमन्त्रीले ५० अर्वभन्दा माथिका आयोजनाहरु सिधै दिने भनिएका विषय लगायतका विषयहरुमा पनि प्रश्न उठाएका थिए । ससद् नियमावलीमा प्रत्येक महिनाको पहिलो र अन्तिम बैठकमा १० जनासम्मले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सक्ने व्यवस्था छ ।








