असार २,२०८३ / ०८ : १७ अपरान्ह / 2026-06-16 08:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपा कार्यदलले काम गर्न सकेन, सांगठनिक एकता अन्यौलमा

      - ७ वर्ष अगाडि
      पौष २९,२०७५

      काठमाण्डौ, पुष मसान्तभित्रै पार्टीका  सबै संगठनको एकीकरण टुंग्याउन गठित नेकपाको कार्यदल असफल भएको छ । (नेकपा) स्थायी समितिको गत पुस १३ गतेको बैठकले १० दिनको समय दिएर पार्टीको तल्लोस्तर सम्मका सवै संगठनको समायोजन टुंग्याउन गृहमन्त्री समेत रहेका पार्टी नेता रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो । 

      २५ गतेभित्र दुइ अध्यक्षलाई प्रतिवेदन बुझाउनुपर्ने भएपनि अहिलेसम्म बैठक समेत बस्न सकेको छैन ।

      थापा नेतृत्वको कार्यदलले यही पुस २५ पुसभित्रै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई  प्रतिवेदन बुझाइसक्नु पर्ने थियो । तर कार्यदलले अहिलेसम्म प्रतिवेदन तयार  पार्नुको त परको कुरा बैठक समेत बस्न सकेको छैन । कार्यदलले प्रतिवेदन तयार पार्न नसक्नुमा व्यवस्तता कारण देखाएको छ । 

      तर विशेषगरी  क्रियाशीलताका आधारमा योग्यलाई जिम्मेवारी दिने कि पार्टी एकताअघिको जिम्मेवारीका आधारमा नेतृत्व चयन गर्ने भन्ने विवाद छ । यो संगै तल्लोस्तरसम्म पार्टी संगठनलाई एकीकरण गर्दा नेताहरु आ–आफ्ना मान्छेलाई नेतृत्व दिने लविङमा लागि पर्नु अर्को कारण छ । 

      त्यसो त कार्यदलमा अधिकांश सदस्य मन्त्री रहेका छन । जसले गर्दा कारण पुसभित्रै पार्टीका सबै संगठन एकीकरण गरिसक्ने स्थायी समितिको निर्णय असफल भएको छ । गत जेठ ३ गते पार्टी एकता घोषणापछिको करिब आठ महिनामा सकसपुर्णरुपमा प्रदेश तहसम्म मात्र एकीकरण भएको छ । त्यसभन्दा तल्ला कमिटीदेखि जनवर्गीय संगठन, विभाग र आयोगहरुको पुनर्संरचना हुन बाँकी छ । साथै पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन समेत समेत अलमलमै छ । 

      सरकारको नेतृत्व समेत गरि रहेको नेकपाको पार्टी एकता प्रक्रिया लम्विदा सरकारकै भूमिका र कार्यसम्पादनमा समेत ठुलो असर पुगेको भन्दै पार्टी नेतृत्व कडा आलोचना समेत हुदै आएको छ ।पार्टी एकीकरण भएको ८ महिना वित्न लाग्दा समेत पार्टीको सवै तहमा एकता प्रक्रिया लम्बिँदा पार्टी्भित्र नेता तथा कार्यकर्तामा असन्तुष्टि मात्र होइन,तल्लो तहसम्म पार्टी  गतिविधि समेत प्राय शून्य छ । जसले सांगठानिक एकताको विषय नेकपाभित्र थप पेचिलो बन्दै गएको छ ।

       

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d