असार २,२०८३ / ०८ : १६ अपरान्ह / 2026-06-16 08:16 pm
      • param ad
      • furniture
      • veera Incorporation

      फुट्यो विवेकशील साझा पार्टी , नयाँ दल बनाए उज्जल थापाले

      - ७ वर्ष अगाडि
      पौष २७,२०७५

      काठमाडौं, सामाजिक सञ्जाल र युवा पुस्तासँग चाडै प्रख्याती कमाएको विवेकशील साझा पार्टी फुटेको छ ।

      गत मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा भाग लिँदा चर्चामा रहेको विवेकशील साझा पार्टी अन्ततः विभाजन भएको छ । 

      सो पार्टीका संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

      ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

      अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेको हो ।

      विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो । तर, डेढ वर्षमा नै विवेकशील पक्ष पुरानै पार्टी ब्यूँताउन लागेका हुन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d