असार २,२०८३ / ०८ : १४ अपरान्ह / 2026-06-16 08:14 pm
      • param ad
      • furniture
      • veera Incorporation

      केपी ओली नेतृत्वको सरकारलाई कांग्रेसको छायाँ सरकारले चुनौति दिने

      - ७ वर्ष अगाडि
      पौष २५,२०७५

      काठमाण्डौ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक साताभित्र छाया सरकार बनाउने निर्णय गरेको छ । 

      सिंहदरबारमा मंगलबार बसेको कांग्रेस ससदीय दलको बैठकले एक साताभित्र छाया सरकार बनाउने निर्णय गरेको हो । एउटा मन्त्रालयमा कम्तीमा चार जना सांसद राख्नेगरी छाया सरकार बनाउने निर्णय गरेको बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । 

      समितिमा रहन इच्छुक सांसदहरुले मन्त्रालय रोजेर नाम दर्ता गर्न सक्ने गरी तीन दिनका लागि सूचना जारी गरिने र एक साताभित्र छाया सरकार गठन हुने खाँणले बताए । उहाँका अनुसार छाया सरकारका मन्त्रीहरुले सरकारको कामको निगरानी राख्नेछन् । बैठकले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएकोबारे बुधबारको संसद् बैठकमा सभामुखलाई प्रश्न गर्ने निर्णय गरेको खाँणले जानकारी दिनुभयो । 

      संसद नियमावली दुई सय १९ को २ बमोजिम अबका संसदमा सभामुख कृष्णबहादुर महरा जिम्मेवार रुपमा प्रस्तुत हुनेमा विश्वस्त रहेको प्रमुख सचेतक बालकृष्ण खाँणको भनाइ छ । बैठकले विधेयकको बारेमा छलफल गर्न, सार्वजनिक महत्वका बिषयमा छलफल गर्न पार्टीमा विज्ञ समूह गठन गर्ने निर्णयसमेत गरेको छ ।

      यसैबीच काँग्रेसका सांसदहरुले सभामुख कृष्णबहादुर महराले सरकारलाई संघीय संसदप्रति जवाफदेही बनाउन नचाहेको आरोप लगाएका छन । 

      नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसदद्धय दिलेन्द्रप्रसाद बडु र डा. डिला संग्रौलाले आईतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रश्न गर्न नदिएबाट सभामुख महरा सरकारलाई संघीय संसदप्रति जवाफदेही बनाउन गम्भिर नरहेको पुष्टि भएको दावी समेत गरे । 

      मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै काँग्रेस सांसद बडुले सरकारलाई संसदप्रति जवाफदेही बनाउन प्रधानमन्त्रीको वक्तव्यमाथि सांसदहरुले निर्बाध प्रश्न गर्न पाउने अधिकारलाई सभामुखले हनन् गरेको आरोप पनि लगाउनु भयो । 

      उहाँले संसदमा सरकारलाई जवाफदेही बनाउन र संसदीय मूल्य मान्यता अनुसार पनि सभामुखले प्रधानमन्त्री र मन्त्रीहरुसँग निर्वाध प्रश्न गर्न दिनुपर्ने पार्टीको अडान पनि दोहो¥याए । आईतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यमाथि सभामुखले तत्काल प्रश्न गर्न दिएका थिएनन् । त्यसप्रति काँग्रेस सांसदहरुको आपत्ति छ । 

      काँग्रेसकी अर्का सांसद डिला संग्रौलाले प्रधानमन्त्रीसँग प्रश्न गर्ने अधिकार लत्याएको भन्दै सभामुख महराप्रति असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले संसद विपक्षको भएको उल्लेख गर्दै आफूहरु प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने व्यवस्था स्थापित गराउन लागिपर्ने अडान पनि राख्नु भयो । 

      आईतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको वक्तव्यपछि प्रश्न गर्न नदिएपछि प्रतिनिधिसभा बैठक बुधबार (भोली) सम्मका लागि स्थगित गरिएको छ । काँग्रेसले भने प्रधानमन्त्रीसँग प्रश्न गर्न नदिएर सभामुख महराले संसदीय मूल्य, मान्यताको समेत अपहेलना गरेको आरोप लगाउँदै आएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d