काठमाडौ, सांसदहरुले मुलुकको शान्ति सुरक्षा,सुशासन र भ्रष्टाचार, सडक विस्तार लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको विहिबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले आ–आफ्नो क्षेत्रको क्षेत्रगत विषय र समग्र मुलुकको शान्ति सुरक्षा बारे सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद डिला संग्रौलाले मुलुकभर हत्या, हिंसा, भ्रष्टाचार, कालोबजारी र सिमा मिच्ने काम भईरहेको भन्दै मुलुकको समस्याको निकास खोज्ने सवालमा सदनलाई प्रभावकारी बनाउन आग्रह गरे ।
यस्तै सांसद अनिल कुमार झाले उखु विक्रिको व्यवस्था मिलाई उखु किसानको रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।
यस्तै सांसद सत्य पहाडीले जाजरकोट डोल्पा सडक खण्डको स्तरोन्नती र त्यस क्षेत्रका सबै पुल निर्माणमा सरकारको ध्यानाकर्षण गराए । यस्तै
सांसद देव प्रसाद तिमल्सिनाले तराईमा बर्षेनी शितलहरका कारण मानिसहरुको मृत्यु हुने गरेको भन्दै तराईमा गरिबका घर निर्माणपछि मात्रै मन्त्रीहरुलाई आवास बनाउन सरकारको ध्यानाकर्षण गराए । तराई मधेस सम्वृद्धि कार्यक्रमको नाममा अनियमित ढंगले रकम वितरण भईरहेको भन्दै उनले सत्य तथ्य छानविन गर्न माग गरे ।








