असार २,२०८३ / ०८ : १३ अपरान्ह / 2026-06-16 08:13 pm
      • param ad
      • furniture
      • veera Incorporation

      हात मिलाएर मात्रै पार्टी एकता हुँदैन : नेता पौडेल

      - ७ वर्ष अगाडि
      पौष १७,२०७५

      दमौली, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताएका छन् ।

      काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले हात मिलाउँदैमा पार्टीमा एकता भएको भन्न नमिल्ने बताए । 

      उनले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै पार्टीमा एकता हुनेमा जोड दिए । नेता पौडेलले विषयवस्तुमा आधारित भएर एकता चाहेको उल्लेख गर्दै विधानमा एकता गर्न सकिने धारणा व्यक्त गरे । उनले भने, पार्टीमा क्यालेण्डर अनुसार काम गरौँ, त्यसमा एकता हुन्छ एजेण्डामा आधारित भएर काम गरौँ, त्यसमा एकता हुन्छ, देखाउनका लागि मात्रै नक्कली एकता काम छैन । 

      उनले पार्टीमा गलत काम भएपछि विरोध हुनु स्वभाविक भएको भन्दै सभापतिले समग्र पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । सभापति पार्टीका कार्यकर्ताको भावनाअनुसार चल्न नसकेका कारण आफूले सभापति विरुद्ध आवाज उठाउनु परेको उनको भनाइ थियो । काङ्ग्रेस सदनमा हराएको जस्तो देखिएको उल्लेख गर्दै पौडेलले सरकारलाई खबरदारी गर्न समेत प्रतिपक्षीले नसकेको बताए । 

      कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी, महाधिवेशन प्रतिनिधि दीपक भट्टराई र मानकाजी श्रेष्ठ, क्षेत्रीय संयोजक सहदेव अधिकारी, बन्दिपुर गाउँपालिका सभापति कर्णबहादुर खत्री, वडा नम्बर १ का सभापति रेशमबहादुर थापालगायतले पार्टीमा गुटबन्दी अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d