असार २,२०८३ / ०८ : १४ अपरान्ह / 2026-06-16 08:14 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कांग्रेसको महासमिति बैठकमा विधानमा सहमति जुटे पनि प्रतिवेदनमाथि थपघट गर्नु पर्ने भन्दै छलफल जारी

      - ७ वर्ष अगाडि
      पौष ४,२०७५

      काठमाडौ, नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बिभिन्न प्रतिवेदनमाथि छलफल भईरहेको छ । 

      बैठकमा अपरान्हसम्म राजनीतिक, संगठनात्मक, आर्थिक नीतिसम्बन्धी र पार्टीको आन्तरिक लेखासम्बन्धी प्रतिवेदनमा छलफल भइरहेको प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाले बिहीबारबाट महासमिति बैठक पार्टी कार्यालय सानेपामा बस्ने जानकारी पनि दिनुभयो । यस्तै लामो रस्साकस्सीपछि नेपाली कांग्रेसको विधानमा सहमति जुटे पनि थपघट गर्नु पर्ने भन्दै केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने भएको छ । महासमितिको बुधबारको बैठक सकिएपछि पुन केन्द्रिय कार्यसमिति बैठक सुरु भएको छ । 

      उपसभापति विमलेन्द्र निधिको संयोजत्वमा गठित कार्यदलले आठजना पदाधिकारी र एक सय ६१ जना केन्द्रीय सदस्य रहने गरी विधानलाई अन्तिम रुप दिएको थियो । जसमा सभापतिसहित दुई जना उपसभापति, दुईजना महामन्त्री, दुई जना सहमहामन्त्री र एकजना कोषाअध्यक्ष रहने छन् । कांग्रेसको अहिलेको विधानमा ८५ सदस्यीय केन्द्रीय कार्यसमिति र ६ जना पदाधिकारी रहने व्यवस्था छ । अब संशोधित विधानमा पदाधिकारीसहित एक सय ६१ केन्द्रीय सदस्यमध्ये ५४ जना समावेशी कोटाबाट निर्वाचित हुनेछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d