असार २,२०८३ / ०८ : १३ अपरान्ह / 2026-06-16 08:13 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपाको स्थायी समिति बैठकमा आजपनि दुई फरक प्रतिवेदनमाथि छलफल हुँदै

      - ७ वर्ष अगाडि
      पौष ३,२०७५

      काठमाडौ., नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आजपनि छलफल हुँदैछ ।

      पार्टी कार्यालय धुम्वाराहीमा जारी दोस्रो दिनको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि  सदस्यहरुले आ–आफनो धारणा राखिरहेका छन । बैठकमा स्थायी समिति सदस्यहरुले राजनीतिक प्रतिवेदनमा केन्द्रित भएर र आफुलाई लागेको बिषयमा बिचार राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

      पार्टी एकतालाई सुदृढ र सरकारलाई प्राप्त भएको अवसरलाई सदूपयोग गर्दै सफल बनाउनुपर्ने तथा प्रभावकारी बनाउदै अघि लैजानुपर्नेमा पनि स्थायी समिति सदस्यहरुले धारणा राखिरहेका छन । सबै बिषयको छलफल टुङिएपछि राजनीतिक प्रतिवतेदनलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढ्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए

      यसअघि हिजो पहिलो दिनको बैठकमा पार्टी एकीकरणपछिको हालसम्मको निर्णय प्रक्रियाप्रति अधिकांश सदस्यहरुले असन्तुष्टि जनाएका थिए । पार्टी सचिवालय बैठकबाट निर्णय लिने प्रक्रियामा असहमति जनाउँदै नेताहरुले पार्टी स्थायी समिति बैठकबाट हरेक निर्णय लिन नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिए ।

      दुवै अध्यक्षका तर्फबाट आएको प्रतिवेदनमा नेता बामदेव गौतमले ८ बुँदे फरक मत राखेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d