असार २,२०८३ / ०८ : १७ अपरान्ह / 2026-06-16 08:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पार्टीभित्रको कमजोरी हटाउन एकता हुनुपर्छ : रामचन्द्र पौडेल

      - ७ वर्ष अगाडि
      मंसिर २९,२०७५

      काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको कमजोरी हटाउन एकता गर्नुपर्ने बताएका छन् ।

      काठमाडौंमा जारी महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले देखाउनका लागि मात्रै नभई यथार्थमै पार्टी एकता हुनुपर्ने धारणा राखेका हुन् । उपसभापति विजयकुमार गच्छदारले एकताको सन्देश दिन गरेको आह्वानप्रति लक्षित गर्दै उनले हात उठाएर मात्रै एकताबद्ध नहुने तर्क गरे । कांग्रेस अहिले धेरै ठूलो संकटमा रहेको भन्दै त्यसको सामना गर्न पार्टीभित्र एकता हुनुपर्ने उनको भनाइ छ ।

      वरिष्ठ नेता पौडेलले  विगतमा चुनावका लागि टिकट दिँदा गल्ती भएको भन्दै सही मूल्यांकन गरेर क्षमता र योगदानको कदर गर्नुपर्ने धारणा राखे । नेतृत्वले बीपीको बाटो नछोडेको भन्दै उनले बहुलवादमा आधारित संसदीय लोकतन्त्र, गाउमा अधिकार पुर्याउने र ग्रामीण विकास देखि मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने लगायत काम बीपीकै चाहना अनुरुपका भएको दाबी गरे । समद्ध नेपाल सुखी नेपालीको नारा दिए पनि सरकार त्यसको बाटोमा अघि नबढेको आरोप पौडेलले लगाए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d