असार २,२०८३ / ०८ : १४ अपरान्ह / 2026-06-16 08:14 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कांग्रेस महासमिति बैठक आजबाट शुरु हुँदै

      - ७ वर्ष अगाडि
      मंसिर २९,२०७५

      काठमाडौं, नेपाली कांग्रेसको महासमिति बैठक आजबाट शुरु हुँदैछ । सिंहदरबार अगाडि रहेको एक पार्टी प्यालेसमा बिहान ११ बजेदेखि शुरु हुने बैठकमा सहभागि हुन देशभरबाट सदस्यहरु राजधानी आइपुगेका छन् । महासमिति बैठकको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ । कांग्रेसको बहुप्रतिक्षित महासमिति करिब ५ वर्ष ८ महिनापछि बस्दैछ ।

      पार्टीको विधान अनुसार प्रत्येक वर्ष बस्नुपर्ने भएतापनि सभापतिमा देउवा निर्वाचित भएसँगै पहिलो महासमिति बैठक बस्न लागेको हो । यसअघि नवलपरासीको त्रिवेणीधाममा २०६९ चैतमा महासमिति बसेको थियो । कांग्रेस महासमिति पार्टीको नीति निर्माण गर्ने शक्तिशाली वैचारिक थलो हो । कांग्रेसले संविधानको सङ्घीय संरचनाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महासमिति बैठक बोलाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

      यता, महासमिति मार्फत् उपसभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार २ सय जनालाई महासमिति सदस्य र १ सय ५० जना पर्यवेक्षकका रुपमा समावेश गरिँदैछ । भने, केन्द्रीय कार्यसमिति बैठकले पारित गरेका तीन प्रस्ताव आजको बैठकमा पेश हुने भएका छन् । कांग्रेसका करिब १ हजार २ सय निर्वाचित महासमिति सदस्य रहेका छन् । आजबाट शुरु हुने महासमिति ३ गते समापन हुनेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d