काठमाण्डौ, नेपाली कांग्रेसको महासमिती बैठकमा भाग लिन देशका विभिन्न जिल्लाहरुबाट आएका महासमिती सदस्यहरुले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । व्यक्तिगत स्वार्थ, नातावाद र गुटगत राजनीतिलाई नेतृत्व तहले नै प्रश्रय दिएको सदस्यहको आरोप छ ।
महासमिति बैठकपछि पार्टीभित्रको विकृति अन्त्य नभए आफूहरु चुप लागेर नबस्ने महासमिति सदस्यहरुको चेतावनी छ ।
बैठकमा प्रस्तुत हुने विधानमा सहमती जुटाउन शुक्रबार पनि जारी रह्यो । तर पनि नेताहरु विच विधानमा कुनै सहमती जुट्न नसकेपछि पार्टी भित्रको विवाद झन् सतहमा देखिएको छ । पार्टीभित्र विधानमा सहमती नजुटाइ महासमिती बैठक सुरु भए कांग्रेसभित्रको गुटपउगुटको विवादले झनै उग्ररुप लिने देखिएको छ ।
विभिन्न जिल्ला तथा प्रदेशबाट महासमिती बैठकमा भाग लिन आएका महासमिती सदस्यहरुले नेतृत्वप्रति कडा आलोचना गर्दै एकजुट भएर सिंगो कांग्रेस बनाउन दबाव दिएका छन ।
सदस्यहरु पार्टी कार्यलयमा भेला हुदै गर्दा केन्द्रिय नेताहरु महासमिती बैठकमा प्रस्तुत हुने विधानकै बारे सहमती जुटाउने प्रयासमा थिए । तर लामो समयसम्म पनि छलफल गर्दा पनि विधानबारे नेताहरु विच सहमती जुट्न सकेन ।
केही महासमिती सदस्याहरुले भने यो बैठकबाट पार्टी भित्रको विवाद समाधान हुने धेरै आशा गरेका छन् ।
लामो संघर्षबाट निर्मित नेपालकै पुरानो पार्टी नेपाली कांग्रेसभित्र सधै देखिने यस्ता विवादले पार्टीको आदर्श, नीति र विचारसँगै पटक–पटक यसरी कमजोर देखिनुले समग्र लोकतन्त्रमा आस्था राख्नेहरु नै शंशकित हुनुपर्ने अवस्था आउनु पक्कैपनि राम्रो कुरा होइन ।








