असार २,२०८३ / ०६ : ४९ अपरान्ह / 2026-06-16 06:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कांग्रेसको महासमिति बैठकमा विवाद हुने निश्चित, महासमिति सदस्यहरुको यस्तो छ चेतावनी

      - ७ वर्ष अगाडि
      मंसिर २८,२०७५

      काठमाण्डौ,  कालामो समय नेपालको सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस अहिले खुम्चिएको छ । गत वर्ष सम्पन्न चुनावको नतिजाले बरियाँतामा दोस्रो ठूलो दल बनेपछि कांग्रेसभित्र विवाद, असन्तुष्टी र आलोचना ह्वात्तै बढेको थियो ।

      कमजोर अवस्थामा कांग्रेसको महासमिति बैठक बस्दैछ । त्यसैले पनि यसपटकको महासमिति बैठकलाई महत्वका साथ हेरिएको छ ।

      सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठक शुक्रबारबाट सुरु भएको छ । महासमिति बैठकको पहिलो दिन महासमिति सदस्यलाई ललितपुरस्थीत केन्द्रीय कार्यालय सानेपाबाट नाम दर्ता एवं स्वागत गरिएको छ । त्यस्तै सहभागी प्रतिनिधिलाई शुक्रबार नै काङ्ग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय समितिले पारित गरेको राजनीतिक साङ्गठनिक दस्तावेज वितरण  गरिएको छ ।

      महासमिति बैठकको उद्घाटन भने भोली शनिबार हुनेछ । उद्घाटन लगत्तै बन्दशत्र शुरु हुने काङ्ग्रेसले जनाएको छ । उद्घाटनपछि प्रारम्भ हुने बन्द सत्रमा पार्टीको केन्द्रीय समितिमा प्रस्तुत भई छलफल भएका विभिन्न पाँच दस्तावेज पेश हुनेछन् ।

      बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डाक्टर शशाङ्क कोइरालाले साङ्गठिनक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नेछन् । महासमिति बैठकमा मुद्धाका बिषयमा स्पष्ट भएर छलफल हुने र नेताहरुले केन्द्रिय समितिका राखेको धर्म र शासकिय स्वरुपमा बारेमा पनि छलफल हुने काग्रेस महामन्त्री शशांक कोईरालाले बताएका छन् ।

      महासमिति अन्तर्गत पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्द सत्र चल्नेछ । महासमिति बैठक आयोजना गर्न करीब रु एक करोड खर्च हुने अनुमान गरिएको छ । महासमिति बैठक पुस ३ गतेसम्म चल्ने छ ।

      महासमिति बैठकमा २ सय ४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d