असार २,२०८३ / ०६ : ४९ अपरान्ह / 2026-06-16 06:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रदेश ३ को राजधानी हेटौँडाबाट अन्त सर्दैन : डोरमणि भनाई

      - ७ वर्ष अगाडि
      मंसिर २६,२०७५

      काठमाण्डौ, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने दावी गरेका छन् । 

      मुख्यमन्त्री पौडेलले कार्यालय व्यवस्थापनसहित पूर्वाधार विकासको काम भईसकेकाले हेटौंडाबाट अन्तत्र राजधानी सार्न नमिल्ने तर्क समेत गरे । उनले पुस महिना भित्र प्रदेशको नामाकरण गरिसक्ने प्रतिवद्धता पनि व्यक्त गरे । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कानुन र कर्मचारी अभावका कारण जनताले अपेक्षा गरे अनुसारको काम प्रदेश सरकारले गर्न नसकेको पनि स्पष्ट पारे । मुख्यमन्त्री पौडेलले साझा सूचिका कानुन छिटो निर्माण गरिदिन संघीय सरकारसँग माग पनि गरे । 

      मुख्यमन्त्री पौडेलले अन्तर प्रदेश परिषदको बैठकले प्रदेश र केन्द्र सरकारबीचमा देखिएको समस्या समाधान गरेको दावी पनि गरेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d