काठमाण्डौ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि नेकपा चरम गुटबन्दीमा फसेको छ । गुटगत राजनीतिलाई मिलाउन नसक्दा सरकार ससक्त रुपमा अगाडी बढन सकेको छैन ।
पार्टीका अधिकाँस स्थाइ कमिटीका सदस्यले बैठक बोलाउन माग गरिरहेका छन् । तर नेतृत्वले स्थाइ कमिटीमा आलोचना हुने डरले बैठक समेत राख्न सकेको छैन ।
ससदमा भन्डै दुइतिहाइ बहुमतको हाराहारीमा जितेको नेकपाले अहिले सरकारको नेतृत्व गरिरहेको छ । तर पार्टि भित्र एकिकरण अघिदेखि रहेको विभिन्न गुटको अहिल्य मौलाई रहेदा लामो समयदेखि स्थाई समितिको बैठक बस्न सकेको छैन । नेकपाको सचिवालय बैठकले स्थाई कमिटिलाई छलेर प्रदेश कमिटीका पदाधिकारी समेत तोकेको थियो । नेकपाको हरेक प्रस्ताव सचिवालयले स्थाइ कमिटीमा ल्याउयने र स्थाई कमिटिले निणय अनमोदन गर्नु पर्ने ब्यावस्था छ ।
तर सचिवालयले स्थाई कमिटीलाई छलेर हरेका निणर्य गरिरहेको छ । स्थाई कमिटि सदस्य भीम आचार्य जनअपेक्षा अनुसार काम नभएको र यसवारे आगामी दिनमा बस्ने स्थाई कमिटि बैठकमा कुरा राख्ने बताउँछन् ।
नेकपा भित्र केन्ददेखि तल्लो स्तरसम्म गुटवन्दीको प्रभाव कायम छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल लगायत नेताहरुको नेतृत्वमा आधा दर्जन बढी गुट सक्रिय छन । यसले गर्दा सत्तारुढ दलमा देखिएको गुट, उपगुट र सहगुटको प्रभाव सरकारमा समेत देखिएको छ । जनअपेक्षा नयाँ भएपनि सरकार र पार्टि पुरा नै ढरामा चलेका कारण समस्या आएको अर्का स्थाइ कमिटि सदस्य हरिवोल गजुरेलको भनाई छ ।
जन सरकोकारका विषयमा ससतm रुपमा काम गरेर समस्याको समाधान गर्न सरकारलाई दवाव परिरहेको छ । तर नेकपा भित्र गुट, उपगुट चलाएर व्यतिmगत स्वार्थ, पद, प्रतिष्ठाका राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको छ ।








