असार २,२०८३ / ०६ : ४९ अपरान्ह / 2026-06-16 06:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कांग्रेस केन्द्रिय सदस्यलाई विधान मस्यौदा दिइयो, १३ गते अर्को बैठक

      - ७ वर्ष अगाडि
      मंसिर ९,२०७५

      काठमाण्डौ, नेपाली कांग्रेस केन्द्रिय समिति बैठकमा विधान मस्यौदा समितिले तयार पारेको संशोधित विधानको मस्यौदा पेश गरेको छ । 

      समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको मस्यौदा अध्ययनका लागि केन्द्रिय सदस्यहरुलाई वितरण गरिएको छ । 

      सो मस्यौदा सदस्यहरुले तीन दिन अध्ययन गरेर सुझाब दिनेछन् । प्रस्तावित विधान मस्यौदामा केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर १ सय ४१ पुर्याउने प्रस्ताव गरिएको छ । पदाधिकारीको संख्यालाई भने यथावत राख्ने प्रस्ताव गरिएको छ । 

      साथै साधारण र क्रियाशिल भनी दुई प्रकारका सदस्यहरुको प्रकृति पनि एउटै बनाउने प्रस्ताव गरिएको छ । केन्द्रिय सदस्यहरुको राय लिनका लागि समितिको बैठक १३ गते बस्नेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d