असार २,२०८३ / ०६ : ५० अपरान्ह / 2026-06-16 06:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्व लडाकुले प्रचण्डलाई दिए चेतावनी, सघंर्षमा उत्रिने उद्घोष

      - ७ वर्ष अगाडि
      मंसिर ८,२०७५

      काठमाण्डौ, नेपालमा सशस्त्र द्वन्द्व समाप्त भई शान्ति सम्झौता भएको १२ वर्ष पूरा भयो । १२ वर्षअघि  सशस्त्र युद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा माओवादी हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अहिले सरकारमा छ । 

      तर युद्धकालमा घाइते तथा अपाङ्ग भएकाहरुको अवस्था अझै उस्तै छ । नेतृत्वले आफूहरुलाई धोका दिएको भन्दै उनीहरु फेरि संघर्षमा उत्रिने भएका छन ।

      युद्धमा लागेका १९ हजार ६ सय जनमुक्ति सैनिकमध्ये चार हजार ९ जनालाई अयोग्य भन्दै विदा गरिएको थियो । करिब १४ सय जना नेपाली सेनामा समायोजन भएका थिए । बाँकीले स्वेच्छिक अवकाश रोजेका थिए । त्यसो त यसअघि पनि पूर्वमाओवादीका लडाकुहरु तथा द्वन्द्वपीडितहरुले पटक–पटक आन्दोलन गर्दै नेतृत्वको ध्यानार्कषण गरेका थिए तर उनीहरूका समस्याप्रति राज्य अझ गम्भीर बन्न सकेको छैन । पूर्वलडाकु र द्वन्द्वपीडितका समस्याप्रति सरकारले समय छँदै सोच्नुपर्दछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d