चितवन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने स्पष्ट पारेका छन् ।
भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै यादवले सरकारबाट संविधान संशोधन प्रस्ताव ल्याउनेमा अझै विश्वस्त रहेको भन्दैै सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका हुन् । उनले आगामी संसद बैठक सुरु भएसँगै संविधान संशोधनको विषय अगाडि बढाउने प्रतिबद्धता जनाए ।
फरक प्रसंगमा यादवले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने योजना रहेको बताए । कार्यक्रमलाई सफल बनाउन सरकारी अस्पतालमा उपचारको शैली सुधार गर्नु पर्ने बताए ।








