असार २,२०८३ / ०६ : ५० अपरान्ह / 2026-06-16 06:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको छ : पुष्पकमल दाहाल

      - ७ वर्ष अगाडि
      मंसिर ७,२०७५

      काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको दाबी गरेका छन् ।

      अध्यक्ष दाहालले शिख धर्मका अनुयायीहरुको संकल्प र प्रतिवद्धताले नेपालको समृद्धिको यात्रालाई अघि बढाउन ठूलो योगदान दिने विश्वास पनि व्यक्त गरे ।

      शिख धर्मका संस्थापक गुरु नानकको ५ सय ४९ औं जन्मजयन्तिको अवसर पारेर शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको सडक संजाल विस्तारमा शिख समुदायले खेलेको भूमिकाको पनि खुलेर प्रशंशा गरे । उनले भारतलाई स्वतन्त्र बनाउन शिख समुदायले उल्लेख्य योगदान दिने तथ्य पनि स्मरण गराए ।

      शिख समुदायले आज आफ्ना गुरु नानकको जन्मजयन्तिको अवसर पारेर शुभकामना आदानप्रदान गरिरहेका छन । त्यस अवसरमा अध्यक्ष दाहालले पनि शिख समुदायको सुःख, शान्ति र समृद्धिको कामना पनि गर्नु भयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरी पनि सहभागी थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d