असार २,२०८३ / ०६ : ४८ अपरान्ह / 2026-06-16 06:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कार्यकर्तालाई अन्तिम लडाई लड्न तयार बनाउँदै कांग्रेस सभापति देउवा

      - ७ वर्ष अगाडि
      मंसिर ५,२०७५

      काठमाण्डौ, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र रक्षाका लागि अन्तिम लडाइँ लड्न तयार रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । 

      नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनले काठमाडौंमा बुधबार आयोजना गरेको कार्यक्रममा सभापति देउवाले नेपालका कम्युनिष्टहरुका कारण लोकतन्त्र खतरामा रहेको भन्दै रक्षाका लागि एकताबद्ध हुन सबैलाई आह्वान गरे । 

      उनले राणाशासन र पञ्चायत ढालेको र राजा हटाएको कांग्रेससामु लोकतन्त्र रक्षा गर्ने ठूलो चूनौती रहेको उनको तर्क छ । सभापति देउवाले लोकतन्त्रको रक्षाका लागि न्यायालय, प्रशासनिक संयन्त्र, प्रहरी र नेपाली सेना पनि सचेत बन्नुपर्ने धारणा राखे ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d