असार २,२०८३ / ०५ : ३१ अपरान्ह / 2026-06-16 05:31 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालमा बन्द भएको डेनिश दुतावास खोल्न डेनमार्कसँग कांग्रेसको आग्रह

      - ७ वर्ष अगाडि
      मंसिर ५,२०७५

      काठमाण्डौ, नेपाली काग्रेसले नेपालमा बन्द भएको डेनिश दुतावास खोल्न डेनमार्कसंग आग्रह गरेको छ । 

      बुधबार काग्रेस पार्टी कार्यालयमा नेपाल भ्रमणमा रहेको डेनमार्कका बिभिन्न दलका प्रतिनिधी र सांसदहरुको प्रतिनिधीमण्डलसंग छलफल गर्दे काग्रेसले विगतमा नेपालमा बन्द भएको डेनिश दुतावास खोल्न आग्रह गरेको हो । छलफलमा डेनमार्कका प्रतिनिधीमण्डले नेपालको आर्थिक सामाजिक राजनीतिक चूनौतिका बारेमा चासो व्यक्त गरेका थिए । 

      जवाफमा काग्रेसका नेताहरुले लोकतान्त्रीक पद्धतीलाई बलियो बनाउदै नेपालको समृद्धि र विकासको लागी सबै दल र सरकार गम्भीर भएर लागेको जनाएका थिए । त्यस्तै नेपाललाई डेनमार्कले बिगतमा गरेको सहयोगको प्रसंसा गर्दे आगामी दिनमा पनि त्यसको निरन्तरताको अपेक्षा गरेको छलफलमा सहभागी काग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । 

      छलफलका क्रममा प्रतिनिधीमण्डलले नेपालको स्थीरता र बिकास तथा समृद्धीका लागी साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए भने काग्रेस सभापति शेर वहादुर देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सामान्य जानकारी गराएको सहमहामन्त्री महतले बताए ।

        सम्बन्धित समाचारहरु