असार २,२०८३ / ०५ : ३१ अपरान्ह / 2026-06-16 05:31 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजपाको नेतृत्व पाउने भए राजेन्द्र महतोले

      - ७ वर्ष अगाडि
      मंसिर ४,२०७५

      काठमाडौं ,लामो समयसम्म नेतृत्वको विषयमा विवादमा तानिएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) फेरि अध्यक्ष मण्डलमै फर्किएको छ । राजपाले अव अध्यक्ष मण्डलको स‌ंयोजक राजेन्द्र महतोलाई बनाउने भएको छ ।

      राजपा अध्यक्ष मण्डलको मंगलबार बसेको राजपाको बैठकले महतोलाई बुधबारदेखि लागू हुनेगरी संयोजकको जिम्मेवारी दिइने निर्णय गरेको छ । उनले पार्टी एकताका बेला भएको नेतृत्व चक्रीय प्रणालीअनुसार गर्ने सहमितका आधारमा संयोजकको जिम्मेवारी महतोले  पाउने भएका छन् ।

      मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले एकतापछि मनोनीत गरेको पदाधिकारी खारेज गर्ने निर्णय गरेको छ ।

      पछिल्लो समय महन्त ठाकुरको अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारीलाई लिएर पार्टीभित्र विवाद सुरु भएको थियो । ठाकुरले पार्टीभित्र कुनै ठोस निर्णय लिन नसकेको आरोप लाग्ने गरेको थियो ।

      यसअघि छ पार्टी एक हुँदा चक्रीय प्रणालीअनुसार प्रत्येक दुई महिनामा संयोजक परिवर्तन हुने सहमति भएको थियो । तर उक्त निर्णय कार्यन्वयन नहुँदा ठाकुर करिब डेढ वर्ष अध्यक्ष मण्डलको संयोजक भए । महतोलाई संयोजक बनाउने निर्णय पनि राजपाले सर्वसम्मत गर्न भने सकेन ।

      एकताका बेलामा राजपाले १३४ जना पदाधिकारीको नाम निर्वाचन आयोगमा पठाएको थियो । पछिल्लो समय ठाकुरले भने ५० जना पदाधिकारी र १ सय बढी केन्द्रीय समितिमा मनोनीत गरेका थिए ।

        सम्बन्धित समाचारहरु