असार २,२०८३ / ०५ : ३३ अपरान्ह / 2026-06-16 05:33 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडकमा जाने तयारीमा राजपा

      - ७ वर्ष अगाडि
      मंसिर ३,२०७५

      काठमाण्डौ, मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ । आफ्नो माग सम्बोधन गर्न लामो समयदेखि सरकारको ध्यानाकर्षण गर्दै आए पनि सुनुवाइ नभएको भन्दै राजपा सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेकोे हो । 

      नौ महिनाअघि सरकारमा सहभागी भएको राजपा संविधान संशोधन र आफ्ना कार्यकर्तालाई रिहा गर्नेलगायतका ३ बुँदे माग पूरा नभएपछि समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको हो । राजपा महासचिव मनिष सुमनले सरकारसँग अब कुनै पनि सम्बन्ध नरहेको भन्दै आफ्ना माग लिएर संघर्षमा जाने तयारी भइरहेको बताए ।

      सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीका सबै तहमा छलफल भइसकेको र मंगलबार बस्ने पार्टीको शीर्ष नेताहरुको बैठकले अन्तिम निर्णय गर्ने बताइएको छ । राजपाका युवा नेता राजेश झाले सरकारले आफुहरुलाई नराम्ररी धोका दिएको कारण सडकदेखि सदनसम्मको संघर्ष गर्ने तयारी गरेको जानकारी दिए । 

      संघीय सरकारसँगको सम्बन्ध तोडे पनि प्रदेश २ मा आफ्नो बहुमतको सरकार भने थप बलियो बनाउदै जाने राजपाले बताएको छ । मुलुकमा पहिलो पटक संघीयतासहितको लोकतन्त्रको अभ्यास सुरु भएको नेपालमा सरकारमा रहेकै दलहरुबीचको यस्तो टकरावले मुलुकलाई कतातिर लैजाला भन्ने गम्भीर प्रश्न खडा भएको छ । जनभावना अनुसार काम नगरेको भन्दै सरकारको भइरहेका बेला राजपाको यस्तो निर्णयले सरकारलाई थप चुनौती थपिएको छ ।

        सम्बन्धित समाचारहरु