असार २,२०८३ / ०५ : ३१ अपरान्ह / 2026-06-16 05:31 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सत्तारुढ दलकै नेताले दिए सरकारलाई यस्तो सुझाब

      - ७ वर्ष अगाडि
      मंसिर २,२०७५

      काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले जनअपेक्षाअनुसार सरकार चल्नुपर्ने बताएका छन् । 

      रिपोटर्स क्लब नेपालले आईतबार काठमाडौमा आयोजना गरेको साक्षात्कारमा उनले नेकपाले जनतालाई दिएको आश्वासनलाई अव सरकारले पुरा गर्नुपर्ने बताएका हुन् । सरकारले अल्पकालिन र दिर्घकालीन रुपका कामको बाडफाड गरि काम गर्नुपर्ने सुझाव पनि दिए । भ्रष्टाचार नियन्त्रण गर्न र  दण्डहिनता अन्त्यका लागि पनि तत्काल ठोस कदम चाल्नुपर्ने उनको भनाई छ । त्यस्तै उनले प्रधानमन्त्रीको स्वास्थ्य अबस्थाका कारण स्थायी समिति बैठक बस्न नसकेको भन्दै अव बस्ने बैठकमा सरकार र पार्टीको कामकारवाहीका बारेमा विस्तृत छलफल हुने जानकारी दिए ।

      साक्षात्कारमा राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसीले जनभावना अनुसार सरकारको बिग्रेको रफ्तारलाई सुधार गर्दे अघि बढ्न सुझाव दिए । 

      उनले नेपालमा नै उचित रोगजारीको व्यवस्था गर्दे बैदेशिक रोजगारीमा जाने नेपालीको संख्यालाई न्युनिकरण गर्न सरकार तत्पर हुनुपर्ने बताए ।

        सम्बन्धित समाचारहरु