असार २,२०८३ / ०४ : २८ अपरान्ह / 2026-06-16 04:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारले संविधान कार्यान्वयन गर्न नसकेको शेरबहादुर देउवाको आरोप

      - ७ वर्ष अगाडि
      असोज २६,२०७५

      चितवन, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान लागू गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । 

      सभापति देउवाले संविधान उत्कृष्ट भएपनि त्यसलाई लागू नगराउन नसकेको उल्लेख गर्दै सरकारको आलोचना गरेका हुन् । शुक्रबार नेपाल प्रेस युनियन, चितवन शाखाको ८ औं जिल्ला अधिवेशनलाई चितवनमा उद्घाटन गर्दै उनले सरकारले प्रेस स्वतन्त्रतामाथि पनि हनन् गरिरहेको आरोप लगाए । सभापति देउवाले नागरिकको अधिकारसमेत हनन् हुनेगरी सरकारले नयाँ मुलुकी ऐन लागू गरेको भन्दै प्रतिकार गर्ने चेतावनी दिएका छन् । 

      सभापति देउवाले आफ्नो पार्टी सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै त्यसलाई हनन् हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले सरकारले प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

        सम्बन्धित समाचारहरु