काठमाडौं, बामदेव गौतम नेपाली राजनीतिमा चिरपरिचित नाम हो । गौतम बर्दिया क्षेत्र नम्वर १ वाट पटक पटक निवार्चित संसद सदस्य थिए ।
उनी पटक पटक मन्त्री तथा तीन पटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ब्यति हुन । उनको कार्यक्षमताको परिक्षण भैसकेको छ । यस्तो अवस्थामा किन जनताले आफ्नो अभिमतद्धारा अस्वीकार गरेका गौतमलाई फेरि नेकपाले सांसद बनाउन चाहान्छ । बाम विश्लेषकहरुले बामदेवलाई सांसद बनाउँदा नेकपा थप संकटमा पर्ने अनुमान लगाउन थालेका छन ।
तत्कालिन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रको कार्यगत एकतापछि देशभरि नै बामपन्थीको लहर आएको वेला बामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार संजयकुमार गौतमसँग पराजित भए । तीनै गौतम अव काठमाण्डौ क्ष्ोत्र नम्वर ७ बाट उम्मेदवार बन्ने तयारीमा छन् । उनका लागि नेकपाबाट काठमाडौ क्षेत्र नम्वर ७ वाट निवार्चित सांसद रामवीर मानन्धरले सिट खाली गर्न नेकपामा निवेदन दिएपछि तरङ्ग पैदा गरेको छ ।
एक थरिले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको बढ्दो शतिmलाई रोक्न र प्रधानमन्त्रीको विकल्पका रुपमा नेता गौतमलाई अघि सार्न नेकपाका अर्का अध्यक्ष प्रचण्डले गौतमलाई अघि सारेको अनुमान गर्न थालेका छन । बाम विश्लेषक मुमाराम खनालका शब्दमा गौतम र प्रचण्डको आनीवानी र काम गर्ने शैली समान प्रकृतीका भएकाले गौतमलाई प्रचण्डले प्रधानमन्त्री ओलीको विकल्पका रुपमा अघि सारेको हुनु पर्छ । यो अत्यन्तै अलोकतान्त्रिक निणर्य भएको पनि खनालको ठहर छ ।
नेता गौतम नेकपाका लागि महत्वपुर्ण ब्यतिm होलान तर निवार्चित ब्यतिmलाई विभिन्न प्रलोभन देखाएर राजिनामा गर्न लगाएर फेरि निर्वाचन गर्न लाग्ने खर्चको करोडौको भार देशलाई बोकाउनु राम्रो होइन । उनी जनताका लागि अपेक्षीत नेता पनि होइनन । वीगतको संसदीय निर्वाचनमा जनताले किन आफुलाई अस्वीकार गरे भनी गम्भिर आत्मसमिक्षा नै नगरी एकोहोरो सांसद बन्न खोज्नुले गौतमको लोकप्रीयता झन घट्ने खनालको अनुमान छ ।
जनताको विवेक प्रयोग गर्न कम्तीमा ५ वर्ष कुर्नुपर्ने धर्य समेत गौतमले गुमाएका छन । संसदीय निवार्चन भएको एक वर्ष नपुग्दै काठमाडौ ७ का मतदातालाई अकारण मतदानमा फेरि होम्नु नेकपाको तयारी आलोचित भएको छ । यसवारेमा नेता योगेश भट्टराईसँग प्रतिक्रिया लिन खोज्दा पन्छिए । औपचारिक रुपमा बामदेवलाई उपचुनावमा सहभागि गराउनका लागि भने नेकपाको स्थायी कमिटि बैठकले निर्णय गर्नुपर्ने हुन्छ ।
कम्युनिष्ट पार्टिको नेतृत्वमा दुइतिहाइ बहुमतको सरकारको नतिजा जनअपेक्षाकृत नभएको अवस्थामा गौतमको संसद प्रवेश गर्ने कडीका रुपमा आएको मानन्धरको राजिनामा प्रकरणको पनि सामाजिक संजालमा चर्को विरोध भएको छ । विभिनन गुट बन्दीमा फस्तै गएको सत्तारुढ दल नेकपा भित्र गौतमको संसद प्रवेशको चाहानाले प्रधानमन्त्री केपी ओलीलाई थप चुनौती तथा संकट उत्पन्न हुने निश्चित छ ।








