काठमाडौं, बुधबारका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आवश्यक तयारी नभएको भन्दै २७ असोज बिहान ८ बजेका लागि सारिएको छ ।
यसअघि आइतबारका लागि बोलाइएको बैठक दुवै पार्टी अध्यक्षको कार्यव्यस्तताका कारण सोमबारका लागि सारिएको थियो । सोमबार बसेको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले लिखित असन्तुष्टि देखाएपछि बैठकको ऐजेण्डा नै मोडेर नेताहरुको विदेश भ्रमणको चर्चा गर्दै बैठक टुङ्ग्याइएको थियो ।
पार्टीको आन्तरिक असन्तुष्टी व्यवस्थापनदेखि तल्ला निकायको एकता प्रक्रियासम्मको लफडा मिलाउनु पर्ने पर्ने बैठक सर्दै आएको छ । एकातिर नेपालको असन्तुष्टि र अर्को्तिर रामवीर मानन्धरको राजिनामासँगै वामदेव गौतमको उम्मेदवारी दिने तयारीले गर्दा पार्टी शिर्ष नेतालाई फेरि झट्का लागेको छ ।








