काठमाण्डौ, नेपालका दुई ठुला कम्युनिष्ट पार्टी एकीकरणको सहमती भएको आज एक वर्ष पुगेको छ । पार्टीको नाम नेकपा रहने र सिद्धान्त माक्र्सवाद लेनिनवाद रहने उल्लेख गर्दै तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको थियो । एकताका कारण प्राविधिक रुपमा पार्टीलाई फाइदा भएपनि नेपाली जनताको जीवन स्तरमा नयाँ पार्टीले उल्लेख्य प्रभाव पार्न भने सकेको छैन ।
दुई ठुला कम्युनिष्ट घटक तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपालाई संघीय संसदको निर्वाचनमा जनताले दुईतिहाइ वहुमत दिए । लामो संघर्षवाट प्राप्त उपलब्धीलाई विगतका सरकारले परिणाममा ल्याउन नसकेपछि वामपन्थी दललाई जनताले रोजेका थिए । पार्टि एकता गरेर मुलुकमा बामपन्थी सरकारको एकल नेतृत्व गर्ने केपी ओली र पुष्पकमल दाहालको चाहानालाई एकताले परिणाम मुखि वनाएको छ । संसदमा त संविधान नै परिवर्तन गर्न सक्ने बहमत त छदै छ यो पार्टि एकताले ७ वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा सरकारसहित नेकपाको झन्डै दुइतिहाइको उपस्थिति छ । पार्टी एकता गर्ने सैदान्तीक सहमती भएको ८ महिनापछि जेठ ३ गते पार्टि एकीकरण भएको थियो ।
एकतापछि पार्टिले संघीय संसदमा दुई तिहाइको हाराहारीमा विजय प्राप्त गरेपनि पार्टिको संगठन नै अस्तब्यस्त छ । जिल्ला, नगर र गाउँ पार्टि कमिटिहरु नै छैनन । प्रदेश कमिटिको नेतृत्व चयनपछि विवादले चरम सिमा नाघेको छ । पार्टिमा शिर्ष नेताहरु नै गुटवन्दीमा लागेका छन । तर नेकपाका नेता डा.राजन भट्टराई पार्टि एकताले नेपालको कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक फड्को मारेको दावी गर्छन ।
अहिले नेकपाभित्र पार्टी ब्यवस्थापन गर्न ठुलो चुनौती देखिएको छ । सरकारले राम्रो काम गर्न नसक्दा प्रतिपक्षीले मात्र होइन पार्टिकै नेताहरुलेसमेत सरकारको आलोचना गर्न थालेका छन् । मुलुकका समस्या एकातिर छन भने सत्तापक्षी दलको अन्तर बेमेल चुलीदो छ । नेकपा भित्र अहिले एकले अर्कोको अस्तित्व स्व्ीकार्ने अवस्था नभएको नेताहरु नै स्वीकार्छन । नेपालको कम्युनिष्ट आन्दोलनमा विद्यावारीधि गरेका प्रा.डा. सुरेन्द्र केसीको शब्दमा प्राविधिक रुपमा नेकपाले बहुमतसहीत सरकार बनाए पनि जनतालाई भने केही पनि दिन सकेन ।
एकताका व्रmममा अध्यक्षद्धय दाहाल र ओली विच दुईदइ वर्षमा सरकारको नेतृत्व गर्ने सहमती भएको समेत हल्ला चलेको थियो । पार्टीभित्र नेपाल समुह र बरिष्ठ नेता झलनाथ खनालले चरम असन्तुष्टि जनाउदै आएका छन । नेपालले संसदमा र खनालले शार्वजनीक रुपमा नै सरकारको कडा आलोचना गर्दै आएका छन् ।
एकताका व्रmममा टेम्पो चलाउने होइन जेटमा दुई डाइभर हुन्छन भनेर पुष्पकमल दाहाल र आफूलाई जेटको पाइलट चित्रित गरेका अध्यक्ष केपी ओलीको भनाईलाई ब्यङ्ग्य गर्दै खनाल र नेपाल समुहले ओलीले टेम्पोसम्म चलाउन नसकेको आरोप लगाउन थालेका छन् । एकतापछि भएको चुनावले नेकपालाई बलियो शक्तिको रुपमा स्थापित गरे पनि पार्टीभित्रको आन्तरिक द्धन्द्ध र सरकारको असफलताले संकट देखिन थालेको छ । नेकपालाई ससक्त रुपमा ब्यावस्थापन नगर्ने हो भने फेरी अर्को कम्युनिष्ट घटक नजन्मिएला भन्न सकिन्न ।








