असार २,२०८३ / ०४ : २७ अपरान्ह / 2026-06-16 04:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

      - ७ वर्ष अगाडि
      असोज १७,२०७५

      काठमाडौँ,  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । 

      कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार दिँउसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको हो   । कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

      कांग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ । 

        सम्बन्धित समाचारहरु