असार २,२०८३ / ०४ : २७ अपरान्ह / 2026-06-16 04:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नारायणकाजीले खोले मुख : पार्टीभित्र गम्भीर अन्तरविरोध र बिचलन

      - ७ वर्ष अगाडि
      असोज १६,२०७५

      काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको अन्तरविरोधलाई छलफल मार्फत नै समाधान गर्नुपर्ने बताएका छन् ।

      नेता श्रेष्ठले राजनीति उपलव्धी हुदाँ हुदैपनि पार्टीभित्र गम्भीर अन्तरविरोध र बिचलन अहिलेको चूनौति रहेको भन्दै यसलाई छलफलबाटै समाधान गर्नुपर्ने बताएका हुन् । पार्टीभित्रको अन्तरविरोध र बिचलन सहतमा आउदा राजनीति उपलव्धी अनुसार गर्नुपर्नेकाम पनि हुन नसक्ने उनको भनाई थियो ।

      त्यस्तै उनले बिभिन्न संघर्षबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्न पनि एक भएर अघि बढ्नुको बिकल्प नभएको तर्क गरे । नेता श्रेष्ठले पार्टीभित्र देखिएको भ्रष्टाचारलाई पनि अन्त्य गर्नुपर्ने भन्दै गुट र उपगुट तथा आफुलाई सहयोग गरेकै कारण भ्रष्टाचारलाई छुट दिन नहुने धारणा राखेका छन् । पार्टीभित्र भ्रष्टचारबिरोधी आन्दोलन सास्कृतिक रुपान्तरणको आन्दोलनको जरुरी रहेकोमा श्रेष्ठले जोड दिए । 

      श्रेष्ठले नेकपालाई जनताले बिश्वास गरेर सरकारमा पठाएको भन्दै सरकारलाई असफल हुने छुट नरहेको स्पष्ट पारे । त्यस्तै नेता श्रेष्ठले चीनले नेपालमा उदाहरणीय योगदान गरेको भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका थिए ।

        सम्बन्धित समाचारहरु