काठमाडौँ, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले दलहरुले राजनीतिक नारामात्र बोकेर हिडे जनताको विश्वास गुमाउनुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।
विश्व मुटु दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सामाजिक परिवर्तनका लागि दलहरुले जनताको नारा पनि बोक्नुपर्ने बताए । पोखरेलले मुलुक परिवर्तनमा अघि बढिसकेको भन्दै यसको आभाष जनतालाई गराउनुपर्ने धारणा पनि राखे ।
समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्न राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बेला आएको उनको भनाई छ । पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको नारा केवल मुलुकलाई धनीमात्र बनाउन कुरा नभई सहज मानवजिवनको बिषय पनि भएको बताए ।
मन्त्री पोखरेलले सरकारले जनताकै हितमा काम गरिरहेको दावी गर्दै परिवर्तन देखिनका लागि केही समय कुर्नुपर्ने बताए ।








