असार २,२०८३ / ०४ : २५ अपरान्ह / 2026-06-16 04:25 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारले आफ्नो अस्तित्व बोध गर्न सकेन : पशुपति शम्शेर

      - ७ वर्ष अगाडि
      असोज ११,२०७५

      काठमाण्डौ,  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले सरकार बनेको ६ महिना बित्दा सरकारले आफ्नो अस्तीत्व बोध गर्न नसकेको आरोप लगाएका छन् ।  

      राप्रपा (प्रजातान्त्रिक) प्रशिक्षण बिभागले बिहीबार काठमाडौमा आयोजना गरको केन्द्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दे अध्यक्ष राणाले बहुमत प्राप्त भएपनि सरकार अलमलिएको दावी गरे । मुलुकमा तीन तहको सरकार निर्माण हुनु केवल जनतालाई करको बोझको महशुस गराउनु मात्र देखिएको उनको आरोप छ । राणाले मुलुकका भईरहको मुल्यबृद्धिलाई नियन्त्रण गर्न पनि सरकार चूकेको जिकिर गरे । 

      मुलुकका सबै शक्तिहरुलाई एक ठाउमा ल्याएर बाम सरकारले गर्न नसकेको कामहरु आफूहरुले गर्नुपर्ने राणाको धारणा थियो । उद्घाटन सत्रमा अन्य नेताहरुले पार्टीभित्र देखिएको उपउपगुटलाई अन्त्य गर्दै पार्टीलाई मजवुद बनाउनुपर्ने धारणा राखेका थिए । प्रशिक्षण कार्यक्रम शुक्रबारसम्म चल्ने छ ।

        सम्बन्धित समाचारहरु