असार २,२०८३ / ०३ : १२ अपरान्ह / 2026-06-16 03:12 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मधेसको माग समेटेर संशोधन नगरे संविधान सफल हुदैन : राजेन्द्र महत्तो

      - ७ वर्ष अगाडि
      असोज ११,२०७५

      काठमाडौं, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसको माग समेटेर संशोधन नगरेमा संविधान सफल नहुने चेतावनी दिएका छन् । 

      बिहीबार प्रतिनिधीसभाको बैठकलाई सम्बोधन गर्दै महत्तोले पटक पटक माग गरे पनि सरकार कानमा तेल हालेर बसेको भन्दै संशोधन नगरेमा विगतमा ६ वटा संविधानजस्तै अहिलेको संविधानको पनि असफल हुने चेतावनी दिएका हुन् । महतोले आफ्नो पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि विजयी भएका रेशम चौधरीलाई सपथ नखुवाइ जेलमा राखेको भन्दै सरकारको आलोचना गरे । 

      बैठकमा संघीय समाजवादी फोरमका नेता रामसहाय यादवले सरकारले प्रतिवद्धता गरे अनुसार छिटो भन्दा छिटो संबिधान संसोधन हुनुपर्ने धारणा राखे । जनतालाई संबिधान संसोधन गर्ने आश्वासन दिएको भन्दै संबिधानप्रति रहेको बिमतीलाई सरकारले गम्भीर भएर संसदको अर्को अधिवेशनमा पुरा गर्ने बिश्वास व्यक्त गरे । उनले सदनको अधिवेशनबाट दलहरुको सहमतिमा बिभिन्न ऐन कानुन पारित हुनु सकारात्मक रहेको धारणा राखेका छन् ।

        सम्बन्धित समाचारहरु