असार २,२०८३ / ०३ : १३ अपरान्ह / 2026-06-16 03:13 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रेस युनियनमा असन्तुष्ट ४२ सदस्यले दिए सामूहिक राजीनामा

      - ७ वर्ष अगाडि
      असोज ११,२०७५

      उर्लाबारी, नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् । 

      युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । शुक्रबार अधिवेशन हुँदैछ । 

      युनियनको अध्यक्षमा पत्रकार भोजराज बस्नेतले दाबी गरेकामा आफूलाई अध्यक्षमा सर्वसम्मत चयन गर्न पहल गरे पनि सहमति हुन नसकेपछि उहाँको नेतृत्वमा ४२ सदस्यले राजीनामा दिएका हुन् । 

      जिल्ला अध्यक्षमा पत्रकार कुमार लुइँटेलले पनि दाबी गर्नुुभएको छ । नेपाल पत्रकार महासङ्घ मोरङको निर्वाचनका बेला अनन्त न्यौपानेलाई उम्मेदवार बनाउन बस्नेतलाई युनियनको अध्यक्षको जिम्मेवारी दिने भद्र सहमति भएपनि कार्यान्वयनकोे अवस्था नरहेकाले सामूहिक राजीनामा दिएको बस्नेतले बताए । 

      उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्माले जिल्ला समितिमा ४० प्रतिशत सदस्य रहेको पूर्वी मोरङका पत्रकारलाई युनियनले उपेक्षा गरेकाले राजीनामा दिएको बताए । अब स्वतन्त्र रूपमा पत्रकारिता गरिन्छ, शेर्माले भने । शर्माले केही दिनअघि नेपाली काङ्ग्रेसबाट निर्वा्चित उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रेस संयोजकबाट राजीनामा दिएका थिए । 

      जिल्लाको नेतृत्व सदरमुकाम बिराटनगर बाहिर दिन युनियनको नेतृत्व सहमत नभएकाले राजीनामा दिएको युनियनका जिल्ला सदस्य समेत तेजन खड्काले बताए । युनियनका जिल्ला अध्यक्ष मीनकुमार नवोदितले राजीनामा दिएका असन्तुष्ट सदस्यसँग छलफल गरेर सहमतिका साथ अघि बढ्ने बताए । 

        सम्बन्धित समाचारहरु