असार २,२०८३ / ०३ : १२ अपरान्ह / 2026-06-16 03:12 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली कांग्रेसले पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाउने

      - ७ वर्ष अगाडि
      असोज ७,२०७५

      काठमाडौं, नेपाली कांग्रेसको पदाधिकारी संख्या बढाउन सुझाव संकलनका लागि देशका १२ स्थानमा छलफल कार्यक्रम राखेको छ । विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामा पदाधिकारी संख्या १२ पुर्याउन प्रस्ताव गरिएको छ । 

      दफावार सुझाव लिन विधान मस्यौदा समितिको टाली र १४ गतेभित्र राजधानी फर्कने छ । प्राप्त सुझावलाई समेटेर अन्तिम मस्यौदा तयारीमा जुट्ने मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले बताए । मस्यौदा समितिमा पदाधिकारीको संख्या बढाउने सहमति जुटेको छ । 

      उपसभापति र सहमहामन्त्री थप्ने सहमति भएपनि संख्यामा वैकल्पिक प्रस्तावहरू पनि रहेको एक सदस्यले जानकारी दिए । मस्यौदामा उपसभापति दुई वा तीन बनाउने विकल्प छ । उपसभापति तीन राख्न प्रस्ताव गर्नेहरुले सहमहामन्त्री पनि तीन नै प्रस्ताव गरेका छन् । तर, दुई उपसभापति राख्न प्रस्ताव गर्नेहरुले सात प्रदेश हेर्ने गरी सात सहमहामन्त्री राख्ने वैकल्पिक प्रस्ताव अघि सारेका छन् ।

       वैकल्पिक प्रस्तावमा ७० प्रतिशत निर्वा्चित र ३० प्रतिशत मनोनित वा सबै निर्वा्चित हुनु पर्ने प्रस्ताव अघि सारिएको छ । हाल ६ पदाधिकारीमध्ये सभापति, महामन्त्री र कोषाध्यक्ष महाधिवेशनबाटै निर्वा्चित हुन्छन् भने उपसभापति, महामन्त्री र सहमहामन्त्रीले सभापतिले प्रस्ताव गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । विधान संशोधन मस्यौदामा केन्द्रीय कार्यसमितिमा १०१ वा १३१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ ।

        सम्बन्धित समाचारहरु