असार २,२०८३ / ०३ : ११ अपरान्ह / 2026-06-16 03:11 pm
      • param ad
      • furniture
      • veera Incorporation

      महिला संघले ७७ जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

      - ७ वर्ष अगाडि
      असोज ७,२०७५

      काठमाडौं, नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै असोज ७ गते आज देशका ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । संघले राजधानीमा पत्रकार सम्मेलन गरेर सरकारले निर्मला हत्याकाण्डको दोषीलाई कानुनी कठघरामा उभ्याउन नसक्नु दुःखद् भएको टिप्पणी गरेको छ । संघकी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य उमा रेग्मीले निर्मला हत्याका बास्तविक दोषीलाई सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको आरोप लगाइन्। उनले भनिन्,‘आज यत्तिका दिन भैसक्यो, तर सरकारले निर्मला हत्याका बास्तविक दोषीलाई सार्वजनिक गर्न सकेको छैन् । 

      दोषी सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको छ । यो घट्ना यतिकै बन्द हुने खतरा देखिएकोले आइतबार दिनको ठीक १२ बजे देशका ७७ वटै जिल्लामा विरोध र्याली गर्ने र प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र लेखि ¥यालीसहित सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय गरेका छौं ।’रेग्मीले गणतन्त्रमापनि न्याय नपाउने हो भने कहिले पाइन्छ भन्दै सरकारलाई प्रश्न समेत गरिन् । उनले भनिन्,‘अहिले मानवता हराएको छ । सरकारको पहिलो प्राथमिकता भनेको नागरिकको जीउ धनको सुरक्षा गर्नुपर्ने हो । तर, अहिले त्यस्तो गरिएको देखिएन् ।’

      बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्छ भनेर आफूले संसदमा जोडदारसँग कुरा उठाएकोपनि उनले सुनाईन् । उनले भनिन्,‘बलात्कारीलाई मृत्युदण्ड दिईएन भने झनै यस्ता घट्नाहरु घटिरहन्छन् । कञ्चनपुर घट्नामा जति नै ठूला बडाका मान्छे भएपनि दोषीलाई कारबाही हुनुपर्छ । प्रधानमन्त्रीले पनि कारबाही गरेर छाड्छु भन्नुभएको छ। उहाँले बोलेका कुरा पूरा गर्नुपर्छ ।’

      आफूहरुले महिला अस्मितामाथि दिनप्रतिदिन प्रहार भैरहेकोले भोलि ‘टोकन स्टा«ईक’को रुपमा देशैभरिका जिल्ला प्रशासनमा विरोध ¥याली गर्ने र प्रधानमन्त्रीको नाममा लेखिएको ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष रेग्मीले जनाईन् । कञ्चनपुर घट्नामा प्रहरी प्रशासनको भूमिका र क्षमतामाथि नै ठूलो प्रश्न उठेको उनको आरोप छ । रेग्मीले भनिन्,‘अब प्रहरीले राम्रो छवि बनाउनको लागि पनि वास्तविक अपराधीलाई पत्ता लगाइ काुननी कठघरामा उभ्याउनुपर्छ ।’ मुलुकमा ‘ल एण्ड अर्डर’ कायम राख्न नसक्ने सरकारको औचित्य नहुने भन्दै संसदबाटै आफूले गृहमन्त्रीको राजिनामा मागिसकेको रेग्मीले जनाइन् । 

        सम्बन्धित समाचारहरु