काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता झलनाथ खनालले छिटो भन्दा छिटो मुलुकलाई आर्थिक समृद्धि र बिकासको बाटोमा अघि बढाउन सरकारलाई दवाव दिनुपर्ने बताएका छन् ।
सहिद अजवलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौमा आयोजना गरेको सहिदका सपना र सहिदको दायित्व बिषय अन्तक्र्रिया कार्यक्रममा नेता खनालले मुलुकका लोकतान्त्रीक संबिधान जारी भईसकेको भन्दै अब मुलुकको बिकासका लागी जनताले सरकारलाई दवाव दिनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले जनताले दिएको मतलाई खेर फाले सहिदको अपमान ठहरिने भन्दै गम्भीर भएर सोच्ने बेला आएको धारणा राखे । देशमा पुर्वाधार निर्माण गर्नुपर्ने, बिभिन्न राजमार्ग, रेल मार्ग, उत्तर दक्षिण करिडोर लगाएतका पूर्वाधार छिटो भन्दा छिटो बनाउनुपर्ने उनले बताए । खनालले भारत र चीन दुबैतर्फको ट्रान्जिटलाई उपयोग गर्दे मुलुकको बिकासमा लाग्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेकपा नेता प्रभु साह लगाएका नेताहरुले मुलुकको परिवर्तका लागी सहिदहरुको भूमिकाका बिषयमा चर्चा गरेका थिए ।








