असार २,२०८३ / ०३ : १३ अपरान्ह / 2026-06-16 03:13 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रतिनिधिसभाका १० विषयगत समितिका सभापतिहरुद्वरा सपथ ग्रहण

      - ७ वर्ष अगाडि
      असोज ५,२०७५

      काठमाडौं,प्रतिनिधिसभाका १० विषयगत समितिका सभापतिहरुले सपथ ग्रहण गरेका छन् ।सबै बिषयगत समिति बैठकबाट निर्विरोध निर्वाचित भएपछि उनीहरुले सपथ ग्रहण गरेका हुन् । शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले सभापतिहरुलाई सपथ ग्रहण गराए । 

      सपथ ग्रहण गराएपछि सभामुख महराले कानुनको पालना र संबिधानको सफल कार्यान्वयनका लागी नेतृत्वदायी भूमिका खेल्न सुझाव दिए । नागरिकको सामाजिक आर्थिक हक सुनिश्चीत गर्नका लागी मौलिक हक पारित गरेको र अन्य कानुनहरु पनि संसदबाट समयमा नै पारित भएको बताए । उनले संघिय संसदलाई प्रभावकारी रुपमा अघि बढाउन समितिको भूमिका महत्वपूर्ण हुने भन्दै गम्भीर भएर बैठक सञ्चालनमा ध्यान दिन सुझाव दिए ।

        सम्बन्धित समाचारहरु