असार २,२०८३ / ०३ : १० अपरान्ह / 2026-06-16 03:10 pm
      • param ad
      • furniture
      • veera Incorporation

      न्यायाधीश दीपकराजलाई महाअभियोग लगाउने नेकपाको तयारी

      - ७ वर्ष अगाडि
      असोज ४,२०७५

      काठमाडौं, प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महाभियोग लगाउनका लागि हस्ताक्षर संकलन गरिरहेको छ ।

      महाअभियोगबारे निर्णय नभएको तर अनौपचारिक रुपमा जोशीलाई महाअभियोग लगाउने तयारीमा हस्ताक्षर संकलन सुरु भएको नेकपाका एक शीर्ष नेताल बताए।

      नेकपा संसदीय दलको कार्यालयमा उपस्थित सांसदहरुलाई खाली पानामा हस्ताक्षर गराइएको एक सांसदले जानकारी दिए । उनका अनुसार हस्ताक्षर अभियानको नेतृत्व नेकपाका उपनेता सुवास नेम्वाङले गरिरहेका छन् । जोशीसँग अनौपचारिक ढंगले कुराकानी भइरहेको पनि स्रोतले बताएको छ । उनलाई राजीनामा दिन दबाब दिइएको छ । राजीनामा दिएर स्वैच्छिक रूपमा बाहिरिए महाभियोग भोग्नुनपर्ने उनलाई सुझाव दिइएको छ ।

        सम्बन्धित समाचारहरु