काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा पुनर्विचार गर्न आग्रह गरेको छ । पार्टीको बुधवार सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले बिगतको अनुभव र वर्तमान यथार्थको धरातलमा उभिएर राष्ट्रिय हित र स्वार्थलाई दृष्टिगत गर्दै गलत नीति, मार्ग्चित्र त्रुटिहरु सच्याउने तर्फ गंभीरतापूर्वक सोच्न सबै राजनीतिक दलसँग आग्रह समेत गरेको छ ।
बैठकले एकता महाधिवेशनबाट पारित बैचारिक मान्यतामा आधिरत रहेर समान बिचारधारा रहेका दलहरुसंग सहकार्य र एकता गर्ने सम्बन्धमा वार्ता गर्न अध्यक्ष कमल थापालाई पूर्ण अधिकार दिने निर्णय समेत गरेको छ ।
राप्रपाले संगठित र योजनाबद्ध धर्मपरिवर्तनले नेपालको राष्ट्रि«य पहिचान संकटमा परेको ठहर गरेको छ । धार्मिक मान्यतामा आएको ह्रासले नेपाली समाजमा व्यभिचार, भ्रष्टाचार र अनैतिक कार्यले प्रोत्साहन पाउँदा देश अभिभावक विहीन जस्तो भएको जनाएको छ ।बिदेशीको चलखेल र प्रभाव व्यापक भएको छ । बिखण्डनकारी तत्वको जन्मले साम्प्रदायिक भावना बढेर राष्ट्रिय एकतालाई चुनौति दिइरहेको बिज्ञेप्तीमा उल्लेख गरेको छ ।
उपरोक्त पृष्ठभूमीमा बिगतको अनुभव र वर्तमान यथार्थको धरातलमा उभिएर राष्ट्रिय हित र स्वार्थलाई दृष्टिगत गर्दै गलत नीति, मार्ग्चित्र त्रुटिहरु सच्याउने तर्फ गंभीरतापूर्वक सोच्न सम्बद्ध सबै पक्षमा राप्रपा आह्वान गरेको छ । बिज्ञेप्तीमा भनिएको छर्, आज देशले संबिधान दिवस मनाईरहेको अवस्थामा धर्म्निरपेक्षता, गणतन्त्र र संघीयता जस्ता मान्यतावारे पुनर्विचार गर्न समेत राप्रपा आग्रह गर्दछ’ ।
नेपालको संबिधानमा कुनै पनि बिषय अपरिवर्तनीय नरहेको, पूर्ण बिचार स्वतन्त्रता सुनिश्चित रहेको, फरक बिचार बोकेको कारण पार्टी प्रतिबन्धनहुने व्यवस्था रहेको, प्रत्येक पांच बर्षमा आवधिक निर्वाचन हुने व्यवस्था कायम रहेको तथा जनताको अभिमतबाट संबिधान संशोधनको सरल र लचकतापूर्ण प्रावधान रहेको हुंदा राप्रपाले वर्तमान संबिधानलाई आलोचनात्मक समर्थन गरेको तथ्य सर्व्विदित छ ।
संबिधानलाई उपयोग गर्दै संबिधान र संबैधानिक व्यवस्थासंग सहकार्य गर्दै जनताको बिश्वास जितेर धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र र सशक्त स्थानीय स्वायत्तशासन प्रणालीको मान्यता स्थापितगर्ने रणनीति राप्रपाले अबलम्बन गर्दै आएको छ । यो नीति भविष्यमा पनि कायम रहने यो बैठक पुनर्पुष्ठि गर्दछ ।’ बिज्ञेप्तीमा भनिएको छ ।








